असहयोग गर्नेलाई काँग्रेसले दियो माफी

२ ० ७ ९ पुष १ ३ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ:  नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन माघ १५ गतेसम्मका लागि समय थपेको छ ।

पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन काँग्रेस केन्द्रीय अनुशासन समितिले आज निर्देशन दिएको हो । समितिले यसअघि १५ पुसभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।

त्यति बेला काँग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । पुस १० मा गठबन्धन भत्किएपछि काँग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई माफी दिने देखिएको छ । काँग्रेस सचिव प्रेस केसीद्वारा जारी विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूबारे कुनै उल्लेख गरिएको छ ।