बलिउड गायिका सोनू कक्कडको स्वरमा रहेको ‘शनिवारको दिन’ सार्वजनिक

२ ० ७ ९ बैशाख १ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

 

काठमाण्डौं ÷लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत ‘नयाँ बर्षको ’ को छेको पारेर सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ ।

 

प्रेमभाव बोल्ने गीतको भिडियोमा सुशान्त खत्री , प्रदिप लामा , सन्तोषी कार्की र मनिष श्रेष्ठले अभिनय गरेका छन् । गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ स्यमले  निर्देशन गरेका हुन् ।

भारतिय गायिका साथै नेपाली दर्शको माग बमोजिमको गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा आफु विस्वस्त रहेको गायक मनिष श्रेष्ठले बताए । नयाँ  विशेष बनाउन सक्ने किसिमको गीत भएको  बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए ।

बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रुपमा तयार गरिएको छ ।  भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोशी कार्की, रोशनी तामाङ्ग ,सानू कार्की, गणेश पराजुली ,राम कडेल र मनिष श्रेष्ठ को पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रुपमा प्रकाश बस्नेतले समेत अभिनय गरेका छन ।