उपप्रधानमन्त्री पौडेल, श्रेष्ठ र लामिछानेले शपथ लिए

२ ० ७ ९ पुष १ १ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट तीन उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिएका हुन् ।

नयाँ मन्त्रिपरिषदमा पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै, श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

लामिछाने भने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।