निःशुल्क रकम ट्रान्सफर गर्न सकिने, बैंक खातामा -खल्ती

२ ० ७ ९ बैशाख २ ३ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं । खल्तीबाट बैंक खातामा रकम पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ । यो अफर साउन ८ गतेसम्मका लागू भएको कम्पनीले सुचना जारी गरेको छ ।

यसअघि  पनि कम्पनीले यो अफर ल्याएको थियो । खल्तीमा अकाउन्ट भेरिफाइ भएका प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न पाउनेछन् ।
रकम भने एक पटकमा ५० हजार रुपैयाँसम्म र एक दिनमा एक लाख रुपैयाँसम्म वालेटबाट बैंक खातामा पठाउन सकिनेछ ।

यसअघि खल्तीले प्रति कारोबार १० रुपैयाँ शुल्क लिने गर्थ्यो । साथै आफ्नो साथीलाई बैंक लिंक रिफर गरेको खण्डमा प्रत्येक रिफरमा ५० रुपैयाँसम्म आफ्नो खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।