गोल्छाले सम्हाले अध्यक्षको पदभार महासंघको

२ ० ७ ७ मंसिर १ ५ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं

शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको कार्यभार सम्हालेका छन् ।आइतबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको शपथ ग्रहण समारोहपछि अध्यक्ष गोल्छाले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष भवानी राणाले पदभार हस्तान्तरण गरेकी थिइन् ।योसँगै बन्ने महासंघको कार्यसमितिमा राणा दोस्रो वरियतामा झरेकी छन् ।निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहणसँगै आइतबार नै महासंघ कार्यसमितिको पहिलो बैठक समेत बस्यो । सो बैठकमा मनोनित हुने विशिष्ठ सदस्य र कार्यकारिणी सदस्यको नियुक्ति एवं कोषध्यक्षका लागि निर्वाचनको सम्बन्धमा छलफल भएको थियो ।