समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र विततरण

२ ० ७ ९ पुष ३ गते, आइतबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं : निर्वाचन आयोग, नेपालले संवत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत  समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ ।
आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभयो । समारोहमा माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गर्नुभयो । समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिँदै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्बन्धित सबैमा धन्यवाद व्यक्त गर्नुभयो । समारोहमा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तसहित सबै माननीय निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो ।
आयोगले गत मंसिर २८ गते सो प्रणालीतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो ।