सभामुखको ७ र उपसभामुखको ९ माघ गते निर्वाचन गर्ने तयारी

२ ० ७ ९ पुष २ २ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ : प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ र उपसभामुखको निर्वाचन ९ गते गर्ने तयारी भएको छ।

संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा यी दुई मितिमा सभामुख र उपसभामुखको निर्वाचन गर्न प्रस्ताव गरिएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

उनले भने, ‘करिब करिब यही मितिमा सहमति जुट्ने तयारी छ।’

प्रतिनिधिसभामा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संविधान र कानुनमा व्यवस्था छ। कानुनी प्रावधानअनुसार आगामी माघ १० गतेभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ। प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेको लागि बोलाइएको छ ।