प्रतिनिधि सभाका ज्येष्ठ सदस्य माननीय श्री पशुपति शम्शेर ज.ब.रा.ले शपथ लिनुभएको छ

२ ० ७ ९ पुष ६ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं :  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य माननीय श्री पशुपति शम्शेर ज.ब.रा.ले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेखित व्यवस्था बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुन् । नागरिकताको प्रमाणपत्र अनुसार उनको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ ।