कोरोना नियन्त्रण गर्न नसक्ने हो भनी सूचना जारी गर्न पनि छोडे हुन्छ , सरकार

२ ० ७ ९ श्रावण १ ० गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

-रुषा थापा-
काठ्माडौँउपत्यकाभित्र होस् या उपत्यकाबाहिर रहेका कतियौँ जिल्लाहरुमा ह्त्तै कोरोना सङ्क्रमण बढिरहेको पाइन्छ । अभिभावकहरुले पनि आफनो बालबच्चाहरुलाई विघालय पठाउदेनौँ भनेर भन्न थालिसकेका छन्  । हाल कोरोना भाइस निकै फैलिएको हुँदा अभिभावकहरु आफ्नो बालबच्चाप्रति चिन्तित रहेर बालबालिकाहरुलाई स्कूल पठाउन चाहँदैनन् । अभिभावकहरुका अनुसार बालबालिकहरु विघालय गए विघालयबाट झन् कोरोना फैलने वा लाग्ने गर्दछ । जसले गर्दा उनीहरु आफ्रना बालबच्चाहरुलाई  पनि कोरोना लाग्छ भनेर विघालय पठाउन चाहदैँनन् ।
यसरी विघालयमा एउटै कुर्सीमा ४ देखि ५ जनासँग विघार्थीहरु राख्ने गरिन्छ ।  विघालयमा विघार्थीहरु मास्क नलगाउने ,दुरी पालना नगर्ने,स्यानिटाइजर पनि प्रयोग नगर्ने र शिक्षकहरुले पनि मास्क नलगाउने गर्छन् ।जसले गर्दा अब विघालय नै कोरोना फैलने एउटा ठाँउ बनिसकेको छ । यसरी कोरोना दिनप्रतिदिन फैल्दा पनि शिक्षा मन्त्रालय ,शिक्षा विभाग, महानगरपालिका तथा वडाहरुले विघालयहरु बन्द गर्ने निर्णय गरेको छैन । विघालयहरु उपयुक्त  समयमा बन्द नगरेमा बालबच्चाहरु कोरोनाको शिकार हुनेछन् । अहिले कतियौँ विघार्थीहरु बिरामी भएका छन् र उनीहरुमा कोरोना देखिने बढी सम्भावना रहेको छ । त्यस्तै गरी विघार्थीका अभिभावकहरु पनि सरकारसँग स्कूल, क्याम्पस बन्द गरी अनलाइनबाट पठनपाठन गर्ने वा गराउने व्यवस्था मिलाउनुपर्ने जस्ता माग गर्छन् ।
यसरी कोरोना फैलिएर मान्छेहरु दिन प्रतिदिन मृत्युको मुखमा पुगेका छन् । ठुला मानिसहरु त कोरोना लागेर मृत्युको मुखमा पुगेका छन् भने बालबच्चाहरु त सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड नै पालना नगरी विघालयमा जाने गर्छन् । उनीहरुमा छिटै कोरोना भाइस लाग्ने सम्भावना अहिले देखा परेकोे छ । सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड न निजी विघालयले नै पालना गरेको छ न सरकारी विघालयले नै पालना गरिरहेको पाइन्छ ।
सरकारले यदि समयमै उपयुक्त निर्णय नगरेमा कोरोनाले बालबच्चाहरुमाथि जटिल समस्या ल्याउने छ ।
कति बालबालिकाहरु कोरोना भाइसको सिकार भई मृत्युको मुखमा पुगेका छन् भने कति त छटपटेर अस्पतालको बेडमा बसिरहेका छन् । सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड निजी र सरकारी विघालयहरुले पालना नगर्दा धेरै बालबालिकाहरु रुगाँ, खोकी  र ज्वरोबाट ग्रसित भएका छन् र जचाउने हो भनी उनीहरुमा कोरोना देखिने बढी सम्भावना रहेको छ ।
कति अभिभावकहरुले आफ्नो बालबच्चाहरुलाई कोरोना लाग्छ भनेर विघालय पठाउन छोडिसकेका छन् । सरकारी विघालयमा पढ्ने विघार्थी त आएपनि नआएपनि शिक्षकशिक्षिकाहरुलाई केहि चासो हुदैँन तर निजी विघालयमा विघार्थी एकदिन नआए शिक्षकहरु अभिभावकलाई फोन गरेर विघालय पठाउनु भनेर भन्ने गरिन्छ । यता सिडियो कार्यालय, स्वास्थ्य मन्त्रालय , महानगरपालिकाहरु स्कूल कलेजहरु अनुगमन पनि गर्दैनन र विघार्थीहरुलाई खोप दिएको छ भनेर सरकार आरामसँग बसिरहेको छ ।
 विघालयमा गएर विघार्थीहरुलाई कोरोना छ वा छैन भनेर पनि स्वास्थ्य मन्त्रालयले जाँच गर्ने गर्दैन । यता कोरोना सङ्क्रमित ह्त्तै बढिरहेका छन् भने उता सरकार कतै पनि कोरोना नियन्त्रण गर्नका लागि केही निर्णय गर्दैनन । पहिला बनाएको मापदण्ड त  पालना गराउन कुनै चासो छैन भनी नँया नीति तथा कानुन ल्याउन त के नै चासो हुन्थ्यो ।  
यसरी विघालय र सरकारले विघार्थीको ज्यानमाथि खेलबाड गर्दा सञ्चारकर्मीहरुले पनि कुनै मतलब गरेका छैनन् । सञ्चारकर्मीहरु पनि विघालयमा पढ्ने बालबालिकाहरुको मुखमा मास्क छ वा छैन र सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना गरेको छ वा छैन भनेर कुनै खोजी गर्दैनन् । यता सिनेमा हलमा पनि हेर्ने हो भनी कमीलाको ताँती झैँ दर्शकहरु फिलम हेर्न बसेका छन् । तर मुखमा मास्क पनि लगाएका छैनन् र दुरी पनि पालना गरेका छैनन् । यता दोहोरी साझँ , रेस्टटुरेन्ट, पार्टीपालेन्स र मानिसहरुको भिडभाड हुने ठाँउहरुमा पनि भिडभाड नियन्त्रण गर्नका लागि वा कोरोना नियन्त्रण गर्नका लागि सरकारले अहिले सम्म कुनै नीति तथा कानुन नै बनाएको छैनन  ।
अहिले पनि प्रायजसो नागरिकहरुको मुखमा मास्क छैन भने सार्वजनिक सवारी साधनहरुमा  पनि सिटभन्दा बढी यात्रु राखिएको छ । जताततै भिडभाड रहेको पाइन्छ भने कोरोना नियन्त्रण मापदण्ड कतै पालना गरिएको छैन ।स्वास्थ्य मन्त्रालयले पनि कुनै नीति तथा कानुन नै बनाउँछ न लकडाउन नै गर्न सक्छ । यसरी स्वास्थ्य मन्त्री लाचर भएर बस्दा जनता मृत्युको मुखमा पुग्नुपरिरहेको छ । जनताहरु कोरोना लागेर घरमा रुएर बसिरहेका छन् । यता सरकार भनी कोरोना जाँच गरेको पनि नागरिकहरुले पैसा लिन्छ ।  यसरी कोेरोना जाँच गर्दा पैसा तिनुपर्ने भएकाले मानिसहरु कोरोना लागे पनि जाँच गर्दैनन् ।
कति मानिसहरु कोरोना लागेर बिरामी भएका छन् तर उनीहरुसँग चेकजाँच गर्ने पैसा छैन । त्यस्तै गरी अब सरकारले  निःशुल्क रुपमा कोरोना चेकजाँच गर्न मिल्ने व्यवस्था मिलाउनुपर्छ ।  अहिले उपत्यकाभित्र यत्रो कोरोना सङ्क्रमित हुँदा पनि भक्तपुर, काठ्माडौँ र ललितपुरको मेयरहरुले उपत्यकाभित्रिने नाकाहरुमा चेकजाँच गरी कुनै पनि कडाइ गरेका छैनन् । भारतमा कोरोना बढेर हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरु छिटोछिटो नेपाल भित्रिने काम गरिरहेका छन् ।
यसरी भारतबाट फर्केका नेपालीहरु कोरोना चेकजाँच नै नगरी आफ्नो घरमा गइरहेका छन् । अरु राष्ट्रहरुबाट प्लेनमा आएका नेपालीहरु पनि कोरोना चेक नै नगरी घर गइरहेका छन् । त्यस्तै गरी अहिले कोरोनाको सङक्रमित अरु बाहिरी मुलुकहरुमा पनि बढिरहेको छ । जसले गर्दा अहिले दिनहुँ कति नेपाली जनताहरु आफ्नो घर फकिरहेका छन् । विज्ञ र जनताहरु नै भन्छन् लामो रोडमा चल्ने गाडी, प्लेनहरु तत्कालिन बन्द गर्नुपर्छ । होइन भनी कोरोनाले फेरि पनि कतियौँ मानिसहरुको ज्यान लिनेछ । नेपालमा मात्रै कोरोना लागेर १२ हजार नेपालीहरुको मृत्यु भइसक्यो । सरकार कै लापरबाहीले गर्दा आज यत्रो नेपाली जनताहरु कोरोना लागेर मृत्युको मुखमा पुगे । यसरी यत्रो नेपाली जनताहरु मर्दा पनि अहिलेसम्म सरकारलाई चेतना आएको छैन ।
यति धेरै नेपाली नागरिकहरु व्यापारी र सरकारले मिलेर माप्यो ।  सरकारले न कोरोना लागेर मारेका मानिसहरुलाई सहिद घोषणा नै गप्यो न आफन्तहरुले क्षतिपूर्ति नै दियो । यदि यहाँ राजनीतिक दलका कार्यकर्ता आन्दोलन गर्दा मरेका भए मरेको मान्छेको आफन्तले १० लाख रुपैँया पनि पाँउथे र मरेका मानिसलाई सहिद घोषणा पनि गर्थे । यसरी कोरोना नियन्त्रण गर्न कुनै नीति तथा कानुन बनाउन नसक्ने स्वास्थ्य मन्त्रीले राजीनामा दिँदा पनि हुन्छ होइन भनी जनतालाई बचाउनका लागि लकडाउन गर्न सक्नुपप्यो ।
जनताको बाँच्ने अधिकार सुरक्षित गर्न नसक्ने स्वास्थ्य मन्त्री मन्त्री पदमा बसेर जनता मार्न पाइदैँन । राज्यले कर लिनका लागि कोरोना फैलाउने काम गरिरहेको छ । अहिले कोरोना नियन्त्रण गर्नका लागि न प्रधानमन्त्रीले नै चासो दिन्छन् न स्वास्थ्य मन्त्रीले नै कुनै निर्णय गर्छ । जनताको माग सरकारसँग अहिले एउटै छ । हाम्रो बाँच्ने अधिकार सुरक्षित गरि  दियौँ सरकार ।
डाक्टरहरु भन्छन् खोप लगाएको मानिसहरुलाई पनि कोरोना फेरि पनि दोहोरिएर लाग्छ । तर भन्ने हो भनी त कति जनताहरुले अहिलेसम्म खोप नै लगाएका छैनन् । लगाएको खोपले पनि कोरोना नियन्त्रण वा बच्नका लागि कुनै सहयोग पुप्याउदैँन । सरकारले जनतालाई खोप लगायो भनी कोरोना लाग्दैँन भनेर भ्रममा पारिरहेको छ ।
यसरी सरकारले कोरोनालाई साधारण रुपमा लियो भने सबै नेपाली जनताहरु कोरोना लागेर मृत्युको मुखमा पुग्ने छन् । सरकारले जनता जन्माउन पनि सक्दैँन भने मार्ने अधिकार चाहिँ कसरी हुन्छ । ।अहिले सरकारले आफनो फाइदा हेरेर कर पठाउनका लागि कोरोना फैलाएर जनता मार्ने काम गरिरहेको छ ।
त्यस्तै गरी अहिले व्यापार व्यवसाय गर्नेहरुले पनि सरकारले कोरोना नियन्त्रण गर्न बनाएको कुनै मापदण्ड पालना गरेको छैन  । यता स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य विभाग पनि सरकारले बनाएको मापदण्डको पालना भइरहेको छ वा छैन भनेर अनुगमन गर्दैन । अहिले स्वास्थ्य मन्त्रालयमा हरेक व्यापार व्यवसायीहरु कोसेली लिएर भेट्न गइरहेका छन् । स्वास्थ्य मन्त्रीले व्यवसायीसँग आर्थिक चलखेलमा  लकडाउन नगर्ने भनेर बसिरहेको छ । यसरी आर्थिक प्रलोभनमा परी जनताको ज्यानमाथि खेलबाड गर्न पाइन्छ ।
सरकारले लकडाउन गर्न ढिलाइ भयो भन्दै अहिले सर्वसाधारणहरु गुनासो गर्छन् । अहिले  मुखमा मास्क नलगाई हिड्ने नागरिकहरुलाई सरकारले कारबाही गरेको छैन र जनचेतना फैलाउनका लागि कुनै कार्यक्रम पनि आयोजना गरेको छैन  । सरकार यसरी लाचर हुँदा जनता कोरोना लागेर मर्ने दिन आइसक्यो । राजनीतिक दलहरुले जनतासँग भोट लिने र राज्य भनी कर उठाउने काममा व्यस्त छ ा आज नेपालमा यत्रो कोरोना फैल्ँदा खै त राजनीतिक दलहरुको जनताको लागि आवाज । के भोटको लागि मात्र जनता प्रयोग हुने गर्छन् हो ।  सरकार कर उठाउने र राजनीतिक दलहरु भोट माग्ने कामबाहेक अरु केही गर्न सक्दैनन् ।
अब सरकारले कोरोना नियन्त्रण गर्न बेलुका ७ बजे पछि पसलहरु बन्द गर्ने भनेर निर्णय गर्न ढिलो भएन । यदि स्वास्थ्य मन्त्रालयले केहि निर्णय गर्न नसक्ने हो भनी दिनँहु रुपमा कोरोना सङ्क्रमित यति भेट्यो भनेर सार्वजनिक गर्ने सूचना पनि जारी गर्न छोडिदिँदा हुन्छ । यदि कोरोना नियन्त्रण गर्नका लागि केही काम गर्न नसक्ने हो भनी कोरोना सङ्क्रमित दिनहुँ यति भेट्यो भनेर जनतालाई त्रास दिने काम चाहिँ किन गर्नुपप्यो नि त ।