नेपाली काड्ग्रेस वडा नँ १ महालक्ष्मी नगरपालिकाको घोषणा पत्र

२ ० ७ ९ बैशाख १ ९ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया


नेपालको सपना र योजना बोकेर हामी स्नेह, आशीर्वाद र अमूल्य मतको विनम्र अपेक्षा सहित तपाईंहरूको घरदैलोमा उभिएका छौं । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निष्ठावान् लोकतन्त्रवादी नेपाली जनताको अथक सङ्घर्ष र बलिदान स्वरुप संविधान सभाबाटै संविधान लेखिनु पर्छ भन्ने सङ्कल्प साकार भएसँगै हामीलाई आवधिक निर्वाचनको यो दोस्रो अवसर प्राप्त भएको छ। दोस्रो संविधानसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएर उदारतापूर्वक सबैलाई नसमेटेको भए जनताको सार्वभौम अधिकार, स्थानीय स्वायत्तता र सुशासनलार्इ  आत्मसात् गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक संविधानको लेखन र संङ्घीय संरचनाहरूको यसरी संस्थागत विकास हुदैजाने थिएन । महालक्ष्मी नगरपालिकामा तथा वडाहरुमा अघिल्लो निर्बाचनमा जुन पार्टी वा ब्यक्तीहरुले जे जे कुराको बाचा गरेर विश्वास दिलाएर चुनाव जितेका थिए उनिहरुले ति कुराहरु पुरा गरे ( गरेनन त्यो यहाँहरु सबैलाई अवगत नै छ ।
नेपाली काड्ग्रेस वडा नँ १ को प्रतिवद्धता
१)    अनावश्यक सुबिधा नलिने, भ्रष्टाचार गर्न नदिने ।
२)    एक घर , एक धाराको कार्यक्रम आफ्नो कार्यकालको दुई वर्ष भित्रै सम्पन्न गर्नै ।
३)    पाँच बर्षमा पनि बन्न नसकेको बाहुनधारा( हात्तीवन जोडने बाटो तत्काल बनाउने ।
४)    इमाडोलको मुल सडकको दायाँ बायाँ बृक्षारोपण गरी सडकलाई सुन्दर वनाउने, अत्यधिक भीड हुने ठाउँमा सार्बजनिक शौचालय निर्माण गर्ने ।
५)    वडामा जेष्ठ नागरिकका लागि पार्क र बालबालीका उद्यान बनाउने , मुलवासी नेवार समुदायको गौरवशाली संस्कृतीको जगेर्ना तथा गुठी भोज आदी जस्ता कार्यक्रम गर्नका लागी सामुदायिक भवन बनाउने ।
६)    पुरानो वडा कार्यालयको जग्गामा आफ्नै वडा कार्यालय निर्माण गर्ने ।
७)    वडा भित्रका स्कुल,कलेज तथा अस्पतालमा वडावासीको लागि विशेष सुविधा दिलाउने तथा वडा भित्र कुनैपनि अपाङ्गता भएका ब्याक्तिहरुको सामाजिकरण र न्यायमा पहुचको लागि विशेष पहल गर्ने ।
८)    सेवा बाट उपेक्षित नागरिक , दलित समुदाय र महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायीक स्कूल स्थापना गरी तालीमको व्यवस्था गर्नै ।
९)    वडाका टोलटोलमा सुरक्षाको लागि सडक बत्ति, सीसी क्यामेरा जडान गर्ने ।
१०)    बर्षायाममा हुने डुबान समस्या तथा ढलको उचीत समाधान गर्ने।
११)    आधिकारिक रुपमा दर्ता भएका क्लबहरुलाइ बार्षिक रुपमा निश्चित बजेट विनियोजन गर्ने ।
१२)    स्थानिय स्तरमा रोजगारि सृजना गरि वडाबासिलाइ प्राथमिकता दिइनेछ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई आफ्नो अमुल्य मत दिई बिजय गराउनु भएमा हाम्रा जन प्रतिनिधीहरुले टोल सुधार तथा टोल बिकाश समीतिका प्रतिनिधीहरुलाई बोलाई हरेक ठाउँको समस्याहरु सुनेर बुझेर स्थलगत रुपमा गै अध्ययन गरेर समस्याको समाधान गर्नेछौं । वडा स्तरबाट सकिने वडाबाट र वडाबाट सम्भव नभएका बिकाश तथा सामाजिक कार्यहरु नगरपालिका, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धीत बिभाग तथा निकायहरुमा पुगी समस्याको समाधान गर्ने विश्वास दिलाउन चाहान्छौं ।

थप भिडियो हेर्नुस्:-https://www.youtube.com/shorts/CgmJpkdZMoI