।। कास्कीमा जारी निषेधाज्ञा थप एकसाता लम्बिएको छ ।।

२ ० ७ ७ भदौ २ ० गते, शनिबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडाै

कास्कीमा जारी निषेधाज्ञा थप एकसाता लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यलय कास्कीले शुक्रबार सूचना जारी गरी निषेधाज्ञा भदौ २७ सम्म जारी राखिने जानकारी दिएको हो ।

जिल्लाभर भदौ २० गते राति १२ बजे देखि भदौ २७ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

निषेधाज्ञामा जोर गते जोर र विजोर गते विजोर प्रणालीमा निजि सवारीसाधन र ट्याक्सी बिहान ६ बजेदखी साँझ ८ बजे सम्म चलाउन पाइने छ । तर सार्वजनिक यातायात भने चलाउन नपाइने जनाइएको छ ।

यस्तै सरकारी कार्यलय, निजी कार्यलय, बैक तथा वित्तिय र सहकारी भिड नहुने गरि सञ्चालन गर्न पाइने छ भने होटल र रेष्टुरेष्टमा साँझ ७ बजेसम्म टेक अवे संचालन गर्न पाइने छ ।

त्यस्तै सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड तथा पूर्व सावधानी पूर्णपालना गरी निर्माणका काम गर्न पाइने सूचनामा उल्लेख छ।

यसैगरी अत्यावश्यक बाहेक अन्य काममा घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नु पर्ने तथा २ मिटरको भौतिक दुरी कायम गर्नपर्ने साथै सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताइएको छ ।

साथै मानिसहरु भेला हुन,भीडभाड गर्न, जुलुलस निकाल्न, जात्रा, महोत्सव, मेला गर्न तथा सबै धर्म संस्कृती, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने जनाइएको छ ।

विद्यालय,क्याम्पस, सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, फुटसल, व्युटिपार्लर, जिमखाना, स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने पनि सूचनामा उल्लेख गरिएको छ।