।।नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित ।।

२ ० ७ ७ मंसिर १ ७ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक मंसिर २० गते सम्मका लागि स्थगित भएको छ । केहीबेर अघि प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको वैठक केही बेर मात्र बसेर स्थगित गरिएको हो ।

आजको सचिवालय वैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफल गरिने निर्धारण भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आजको वैठक औपचारिकतामा सिमित भएको र शनिबार सम्मका लागि स्थगित गरिएको हो ।

अध्यक्षद्वय प्रचण्ड र ओलीको आन्तरिक द्वन्दका कारण नेकपाभित्र किचलो बढ्दै गईरहेको र त्युसको समाधानका लागि छलफलबाट टु्ंगो लगाईने भनिएतापनी निर्णय भने आउन सकेको छैन । प्रचण्डले सार्वजनिक गरेको राजनीतिक दस्तावेज र त्यसलाइ काउन्टर गर्दै प्रधानमन्त्री ओलीले दस्तावेज सार्वजनिक गरेपछि पार्टीभित्र थप उथलपुथल मच्चिएको हो ।

प्रधानमन्त्री ओली र उनीपक्षका सचिवालय सदस्यहरुले प्रचण्डले ल्याएको दस्तावेज राजनीतिक दस्तावेज नभई नियोजित आरोपपत्र रहेको बताउदै आएका