अस्पताललाई व्यापार होइन् सेवा दिने थलो बनाऔ ।

२ ० ७ ८ फाल्गुण २ ३ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

हामी मानिसहरु बिरामी हुँदा अस्पताल जान्छौं । यहाँ अस्पतालको पनि दुई खालमा विभाजन गरिएको छ । पैसा हुनेलाई निजी साधारण वर्ग सरकारी । तर, आर्थिक कमजोर भएका त घरमै रोग पालेर बस्छन् । यसमा बुढाबुढी मात्र नभई युवायुवती र बालवालिका पनि पर्दछन् । आफ्नो मर्नेदिन पर्खेर बस्नुबाहेकको उपाय रहदैन् । निजी र सरकारी अस्पताल त खडा छ तर बिरामी कुरुवाको बस्ने ठाँउ यहाँ सुनिश्चित गरिएको छैन् । आफुलाई धेरै गाह्रो भइसक्दामा बेडको अभावमा सरकारी अस्पतालबाट फर्किनुपर्ने बाध्यता छ । पहुँच नभएका, पावर लगाउन नसक्नेहरुे सरकारले तोकेको ठाँउमा गएरसमेत उपचार गर्न पाउदैनन् । जनताले तिरेको करबाट तलबभत्ता खाइरहेका सरकारी अस्पतालका डाक्टर, नर्सहरु छिटोछरितो सेवा दिऊ भनेर सोच्दैनन् ।
न उनीहरुको बोलीबचन नै राम्रो छ । बिरामी मर्न अवस्थामा पुगिसकेको हुन्छ तापनि उनीहरु आलटाल नै गरिरहेको भेटिन्छन् । अस्पतालमा आएर  हाजिर गर्छन् अनि निजी अस्पताल  क्लिनिकमा गएर काम गर्छन् । आर्थिक कमजोर भएकाले छिटोछरितो र सहुलियत रुपमा उपचार पाऊन भनेर खोलिएको अस्पताल अहिले विकृतिको थलो बनेको छ । न आम सर्वसाधारणले बेड पाउछन् न डाक्टर । नानाथरीको नाममा शुल्क भने निजीको जतिनै बनाइसकेका छन् । अहिे सरकारी वा निजी अस्पतालले नै भर्ना गर्नुअघि डिपोजिट राख्न लगाउछन् । उनीहरुले तोकेअनुसार डिपोजिट रकम पहिल्यै नै जम्मा गराउनुपर्छ । पहिल्यै डिपोजिट राख्न नसक्नेहरु त उपचार नै नगराई फर्किनुपर्छ । पैसा जम्मा नगरी डाक्टरले छुदैन् अनि के गर्ने ? गरिब, अािर्थक कमजोर भएकाहरुलाई अस्पतालले गर्ने व्यवहार नै भिन्दै छ ।
उपचारको लागि कति सरकारी अस्पतालको गेटमा भौतारिरहेका छन् । कति भुईमा छट्पाइरहेका छन् । कहाँकहाँबाट उपचार गर्न आएका हुन्छन् पैसाको अभावमा उपचार गरौं कि फर्कौ भन्ने दुविधा दुर्गम जिल्लाबाट आएकाहरुको अनुहारमा प्रस्टै देखिन्छ । गाँउमा उपचार सम्भव नभएर आफुसंग भएको रकम बोकेर कतिपय काठ्माडौं भित्रिएका हुन्छन् । खेतीपाती गरेर जिविकोपार्जन गर्नेसंग कहाँबाट पैसा हुन्छ ? ऋणधन गरेर काठ्माडौं त आउछन् तर पैसा सकिएपछि कहाँ बस्ने र के खाने उनीहरु अन्योलमा पर्दछन् । पैसा सकिनेबित्तिकै उपचार नै निको भईकन उनीहरु आफ्नो गाँउ फर्किन्छन् । उही रोग बोकेर उनीहरु आफ्नो घर फर्किन बाध्य छन् । सरकारी अस्पताल त भनेको छ तर निःशुल्क उपचारको व्यवस्था भने गरिएको छैन् । एउटा ज्वरो नापेको पनि पैसा तिर्नुपर्छ । हुन त सर्वसाधारणको लागि खोलिएको अस्पताल हो तर पनि यहाँ पैसा र पावरको खेल हुन्छ । भन्सुन गर्न सक्यो भने छैन् भनेको बेड पनि पाइन्छ । सरकारी अस्पतालमा क्यान्टिन छन् तर त्यहाँ भएका खानेकुराको शुल्क पनि अचाक्ली मँहगो छ ।
यी अस्पतालमा एउटा खानेपानीको समेत व्यवस्था गरिएको छैन् । उनीहरुले पानीसमेत किनेर पिउनुपर्छ । त्यसैगरी, खानेकुराको मुल्य असाध्य मँहगो हुँदा बिरामीका कुरुवाहरु भोकभोकै हिडिरहेका छन् । डाक्टरले लेखिएको औषधी किन्न सक्ने क्षमता उनीहरुमा छैन् । सरकारले निःशुल्क भनेपछि उनीहरु बाँचिने आशले रोग देखाउन आएको हुन्छन् । तर, त्यहाँ आएपछि मात्र उनीहरुले हरेक कुराको शुल्क लाग्दो रहेछ भन्ने थाहा पाउछन् । सरकारी अस्पताललाई हरेक जनताले विश्वास गरेका छन् । जसको कारण उनीहरु त्यहाँ उपचार गर्न आउछन् । सरकारी अस्पतालमा एउटा सफा शौचालयसमेत छैन् । निकै फोहोर, गन्हाउदो खालका, कहिल्यै, सफा नगरिएका र भित्ताभरि पानका छिटा हुन्छन् । ढोकामा चुकुल हुदैन्, ढोका राम्ररी लाग्दैन्, पानीको नहुनु सरकारी अस्पतालमा अभाव नै अभाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य विभागले यी अस्पतालको व्यवस्थापनमा खासै चासो दिएको छैन् ।
त्यस्तै, त्यही भएको अस्पताल व्यवस्थापन समितिले पनि जनताको मन जित्नेगरी काम गर्न सकेको छैनन् । सरकारी अस्पतालमा काम गर्ने हरेक कर्मचारी राजनितिक पार्टीका सदस्य हुन् । बिरामी छट्पटाइरहेको हुन्छन् तर उनीहरु हातमा कालोपट्टी बाँधेर सडकमा भेटिन्छन् । आफ्ना विभिन्न माग राखेर यिनीहरु सडकमा उत्रिरहेको भेटिन्छन् । माग राख्नलाई त राम्रो काम पनि गरेको हुनुपप्यो । बिरामीलाई गर्ने बोलीवचन राम्रो हुनुपप्यो । सरकारी अस्पतालले राम्रो सेवासुविधा दिन नसक्दा यसको फाइदा निजी अस्पतालले उठाइरहेका छन् । सरकारी अस्पतालमा जाँच्न आएकाहरुलाई डाक्टर, नसैले आज पालो छैन् भन्दै मँहगो शुल्क तिर्न बाध्य पार्दछन् । आज पालो छैन् भन्दै फर्काउछन् अनि उनीहरु निजीमा गएर उपचार गर्न बाध्य हुन्छन् । बिरामीलाई आवश्यक नपर्ने औषधी लेखिदिने, ती औषधी किन्न लगाउने, अनि पछि त्यही औषधी पसलबाट कमिशन खाने ।
सरकारले उपचारका लागि दिएको सरसामानहरु आज छ भोलि छैन् भनेजस्तै छ । सरकारले पठाएको सामान एकदिनमै गायब हुन्छ । ओढ्ने, ओछयाउने, विभिन्न औषधी, सरसफाइका सामानहरु सरकारी अस्पतालका कर्मचारीहरुले हिनामिना गर्छन् अनि आफ्नो घरतिर दौडाउछन् । जनतालाई निःशुल्क दिएको औषधीहरु पनि सिद्धियो भन्दै मेडिकलमा लगेर बेच्छन् । विभिन्न प्रयोजनको लागि सरकारले छुट्याएको रकम पनि बिलभौचर मिलाएर भ्रष्टचार गर्छन् । अस्पतालको कम्पाउण्ड भित्र र बाहिर भएको सटर भाँडा पनि राज्यको ढुकुटीमा जादैन् । अस्पतालको वरिपरि खाली जग्गामा बनेको टहराहरुको भाँडा पनि अस्पताल व्यवस्थापनले मिलाएर खाइदिन्छन् । गुणस्तर व्यवस्थापन र राम्रो उपचारको सुविधा नहुँदा यसको फाइदा निजी अस्पतालले उठाएका छन् । सरकारी अस्पतालमा काम गर्ने डाक्टर, नर्सको आफ्नो निजी क्लिनिकको व्यवहारमा कति फरक पर्छ । निजी अस्पतालमा उपचार गर्न आएकालाई उनीहरुले राम्रो व्यवहार गर्छन् भने सरकारीमा आएका बिरामीलाई खरो । पैसा मँहगो तिप्यो भने बोलीवचनमा पनि फरक पर्दो रहेछ । निजी अस्पतालमा आर्थिक कमजोर भएको मानिसहरु भेटिदैनन् ।
किन कि त्यहाँको गार्डले आर्थिक कमजोर भएको, गाँउबाट आएको र नपढेकालाई त्यहाँको गार्डले गेटभित्रत्र प्रवेश गर्नै दिदैन् । निजी अस्पताल पनि एउटा लुट्ने भाँडा हो । उनीहरुको डाक्टर चार्ज नै निकै महँगो हुन्छ । साधारण घरपरिवारकाले त्यो चार्ज पनि तिर्न सक्दैन् । जथाभावी औषधी लेख्छन् । अर्कोतिर बेड शुल्क पनि निकै महँगो छ । बिलभौचर पनि मनलाग्दी बनाउछन् । निजी अस्पतालमा क्यान्टिन त छन् तर त्यहाँ भएको खाना खानेलायक छैन् भने शुल्क भने अचाक्ली छ । निजी अस्पतालले कमाउने लोभमा नभएको रोगमा पनि लागेको छ भनेर बताइदिन्छन् । सध्ये मानिसलाई पनि यो रोग लागेको छ भन्दै उनीहरुको सम्पत्ति स्वाहा पारिदिन्छन् । निजी अस्पतालको लापरवाहीले कतिले अकालमा ज्यान खेर फालेका छन् । पैसा तिर्न नसक्दा निजी अस्पतालले बिरामीलाई नै बन्धक बनाएर राखिदिन्छन् । पैसा नतिरीकन लाश पनि दिदैनन्  । आफ्नो मर्जीले लाखौको बिल निकाल्छन् अनि त्यति नतिरेसम्म मरे लाश पनि दिदैनन् ।
निजी अस्पतालले विभिन्न बहाना भएर जनता ठगेपनि स्वास्थ्य मन्त्रालय चाल नभएझै बसिरहेको छ । यिनीको बारेमा नबोल्नु कमिशनको खेल हो । त्यही भएर देखेपनि नदेखेझै गरी यिनीहरु मौनधारण गरेर बसिरहेका छन् । बिरामी बोक्ने एम्बुलेन्सको शुल्क पनि महँगो छ । जुन अस्पतालले कमिशन दिन्छ त्यही अस्पतालमा लगेर बिरामी छोडिदिन्छन् । निजी अस्पतालले झुठो प्रचारप्रसार गरेर सिधासाधी जनतालाई मँहगो शुल्क लिएर ठगिरहेका छन् । विज्ञापन गरेको शुल्कपनि बिरामीसंग असुलिरहेका छन् निजी अस्पताल । निजी अस्पतालको डाक्टर, नर्सको कारणले बिरामी मर्दा पनि उनीहरुलाई कारबाही गरिदैन् । साथै, बिरामीको आफन्तले क्षतिपुर्तिसमेत पाउदैनन् । मान्छे मार्ने अस्पतालको दर्ता पनि सरकारले खारेज गर्न सक्दैन् । उपचार गरेर निको हुन गएको मान्छे कहिल्यै फकिदैन् । नेपालको संविधानले शिक्षा र स्वास्थ्य सबै नागरिकले निःशुल्क पाउनुपर्छ भनेपनि यो लागु भएको छैन् । सरकारले निःशुल्क भनेको क्षेत्रहरुमा माफियाहरु घुसेका छन् । जसको कारण विकृति थप मौलायो । सरकारले यी क्षेत्रमा राम्रो व्यवस्थापन गर्ने हो भने निजीले सर्वसाधारण ठग्न पाउदैन्थे । कानुनमा अस्पताल र विद्यालयले विज्ञापन गर्न पाउदैन् । तर, सरकारको नियमलाई यिनीहरुले धोती लगाइदिएका छन् ।
- अनुसा थापा