।। नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन आग्रह ।।

२ ० ७ ७ असोज २ ६ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौ
नेपाल ग्यास उत्पादक संघले ग्यास सहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन आग्रह गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै रसिद बिनाको सिलिन्डर नलिन उपभोत्तालाई भनेको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ रहेको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यार उधोगले नलिने संघले जनाएको छ ।


यसअघि नै सिलिन्डर किनिसकेका उपभोक्ताले भने आफुले ग्यार लिइरहेको डिलरमा गएर रसिद लिन सक्ने संघले जनाएको छ ।