HAMDARD INDIA का उत्पादनहरु नेपाली बजारमा

२ ० ७ ९ पुष १ २ गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

 

Hamdard Laboratories Indianले Hamdard Brand का उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । सन् १९०६ मा स्थापित Hamdard  ले विश्व प्रतिष्ठित द्यचबलम र हर्वल उत्पादनमा आफुलाई केन्द्रित गर्दै आएको छ । कम्पनीका विभिन्न उत्पादनहरुमा आम नेपालीको सहज पहुँचलाई ध्यानमा राख्दै नेपाली बजारमा ल्याएको जानकारी दिन काठमाण्डौं गैह्रिधारा स्थित एलिश रिशेप्शनमा आज मिति २०७९ पौष ९ गते शनिबारका दिन आयोजित एक भव्य समारोहका बीच कम्पनीका Global Business Head श्री पंकज बेनर्जीले विश्व प्रख्यात Unani पद्धति मा आप्mनो ISO 22000- 2005, HACCP / GMP Certified Hamdard Unani Brand विश्व कै उत्कृष्ट Brand को रुपमा स्थापित रहेको दाबि गरेका छन् ।
Hamdard Laboratories India का COO, CPPO / CMO समेतको उपस्थिति रहेको सो समारोहमा नेपालका लागि आधिकारिक बिक्रेता Life Care Distributor र Planet Healthcare मार्फत विभिन्न उत्पादनहरु बजारमा उपलब्ध गराउन लागेको जानकारी पनि गरिएको छ ।

बजारमा उपलब्ध उत्पादनहरु
Roghan Badam Shirin: Vitamine E   को प्राकृतिक स्रोत भएको, 100% मीठो बदामबाट बनेको यो शुद्ध तेलले छाला र कपाललाई moisturizes गर्दछ । यसले प्राकृतिक रूपमा कब्जियतबाट छुटकारा पाउन पनि मद्दत गर्दछ तथा सबै उमेर समूहका लागि उपयुक्त छ ।

Kalonji Oil: 100% शुद्ध कलोंन्जी तेलले फ्री रेडिकलहरूलाई प्राकृतिक रुपमा काम गर्न मद्दत गर्दछ । यसको प्रयोग, कपाललाई लामो र बलियो बनाउन मद्दत गर्ने तत्वको रूपमा प्रयोग गरिन्छ । कलोन्जीको तेलले शरीरलाई फ्री रेडिकलको खराब प्रभावबाट मुक्त गराउने सँग सम्बन्धित छ र नियमित रूपमा प्रयोग गर्दा छाला र कपालको गुणस्तरमा सुधार ल्याउँछ ।

Onion Oil: प्याजको बीउबाट यो शुद्ध सूत्र तयार हुन्छ । प्याजको तेल सल्फरको प्रचुर स्रोत हो जसले कपाल टुट्न, टुक्रा टुक्रा हुने र पातलो हुनबाट रोक्छ । यसले Natural Conditioner को रूपमा काम गर्छ जसले तपाईंको टाउकोमा सुख्खापन रोक्छ र dandruff लाई नियन्त्रण गर्छ । यसले कपालको follicles अभिकमा रगत आपूर्ति पनि बढाउँछ, जसले कपालको वृद्धिमा सुधार गर्छ ।

Roghan Amla Sada:   यो एक प्रभावकारी शुद्ध जडीबुटी तेल हो जसको प्रयोगले कपाललाई लामो समयसम्म कालो बनाई राख्न मद्दत पुर्याउँछ् । यसले कपाललाई चम्किलो बनाउन मद्दत गछ, कपालको रंग फेरिनबाट रोक्छ र कपालको वृद्धिलाई सहयोग पुर्याउँछ ।

Arq Gulab: Hamdard Arq Gulab ताजा गुलाबको फूलबाट बनेको शुद्ध गुलाब पानी हो । यसलाई बनाउन प्रयोग गरिने steam distillation process ले यसलाई उच्च स्तरको स्वच्छता र अतुलनीय शुद्धता सुनिश्चित गर्दछ । यसले शरीरमा उत्साहजनक प्रभाव पार्छ । नियमित प्रयोगले छालालाई कोमल बनाउनुका सथै सदैब ताजा बनाइ राख्छ ।

Liquirub: यो एक अत्यधिक प्रभावकारी समिश्रण हो जसले छाती वा नाकको congestion, टाउको दुखाई र मांसपेशी दुखाइबाट छिट्टै राहत दिन्छ । यसमा पुडिना समावेश छ, जुन एक स्थानीय एनेस्थेटिक हो जसले जोर्नीहरू सुनिनुबाट मुक्ती प्रदान गर्दछ । गौल्थेरिया तेल मांसपेशी दुखाइको उपचारको लागि एनाल्जेसिक र रुबेफेसेन्ट तयारीहरूमा प्रयोग गरिएको छ । यसमा पेपरमिन्ट तेल पनि छ जुन चिलाउने, मांसपेशी दुखाई र टाउको दुखाईबाट राहतको लागि प्रयोग गरिन्छ । यो एक प्राकृतिक पीडा राहत तेल हो जसको प्रयोग र प्रभावले विभिन्न दुखाई अवस्थाको दीर्घकालिन समाधान दिन्छ