हामी आफैँ जिम्मेवार रहे पो सरकार पनि जिम्मेवार रहन्छ

२ ० ७ ९ असोज १ ० गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया


आफ्नो घरअगाडीको बाटो र आफ्नो घर वरपरको सार्वजनिक स्थलहरु राज्यको मुख नताकी आफैँले सरसफाई गर्ने हो भने वतावरण पनि स्वच्छ रहन्छ र विभिन्न महामारी पनि फैलिनबाट जोगिन्छ । तर हामी नेपालीहरु आफ्नो घर वरपरको फोहोर सरसफाई गर्न पनि सरकारकै मुख ताक्छौँ र आफैँले गरेको फोहोर पनि सरकारले नै व्यवस्थापन गरिदियोस् भनेर भन्छौँ  ।
पाँच दशकअगाडी वा केही वर्ष अघिका मानिसहरु दशैँ आउने बित्तिकै आफैँ बाटो सफा गर्ने , पुराना मठमन्दिरको सरसफाई गर्ने , चौतरा बनाउने, पार्टीपौवा बनाउने र वरपिपलको रुखहरु रोप्ने गर्थे । साथै पानी खाने ढुंगे धारा, कुँवा, ताल पोखरी वा सार्वजनिक स्थलहरु मिलीजुली गरेर सरसफाई गर्ने र आफ्नो घरहरुलाई पनि रातो माटो लगाएर पोत्ने, कमेरो लगाउने वा मर्मत गर्ने गर्थे ।
दशैँमा कसको घरमा ठुलो खर्सी छ वा कसको घरमा दशैँ मनाउने परिस्थिति वा अवस्था पनि छ कि छैन भनेर हेर्ने गर्थे । साथै कमजोर वा दशैँ मनाउन नसक्ने परिवारलाई आफ्नो सहयोग गर्ने वा आफुले काटेको खर्सीको मासुहरु पनि भाग लगाएर दिने गर्थे । चाडबाड भनेको हामी सबै नेपालीहरुले मनाउनुपर्छ र धनीगरिबी बिचको भावना राख्नुहुँदैन भन्ने सोचका थिए ।
चाडबाडमा सबैजना मिलेर रमाइलो गर्नुपर्छ र एकअर्कोले मिलीजुली सार्वजनिक कामहरु गर्नुपर्छ भन्ने भावनाका थिए । दशैँ आउने बित्तिकै खोलाको पानी घट्ने र खोला तर्न तुइन हाल्ने गर्थे र दशैँमा रमाइलो गर्नका लागि सबैजना मिलेर पिङहाल्ने गर्थे ।
दशैँ मनाउनका लागि एक मानिसले अर्को मानिसलाई घरमा बोलाउने वा घरमा आएको मानिसलाई नखाइ नपठाउने गर्थे । त्यससमय मानिसहरुले जुवाँतास , जाँडरक्सीहरुको प्रयोग पनि गर्दैनन् थिए र त्यससमय आधुनिक प्रविधि नआएका कारण मानिसहरु फेसबुक पनि चलाउँदैनन् थिए । आफूभन्दा सानोलाई माया र आफूभन्दा ठुलोलाई सम्मान गर्ने भावना बोकेका मानिसहरु त्यसबेला हुन्थे ।
दशैँमा टिका लगाउँदा बढी पैसा वा दक्षिणको आशा कसैले नगर्ने र जे छ त्यसैमा रमाउने गर्थे । त्यसबेला पैसाको अभाव भएपनि मानिसहरु खुशी थिए , उनीहरु पैसाभन्दा पनि आफन्तहरुसँग मिलेर रमाइलो गर्न नै बढी रमाउँन्थे । तर अहिले योसबैको उल्टो भएको छ।
अहिलेका मानिसहरु आफ्रनै घर पनि सरसफाई गर्दैनन् । साथै आफ्रनै घर वरपरको बाटो र सार्वजनिक स्थलहरु पनि सरसफाई गर्दैनन् । नयाँ मठमन्दिर, पार्टीपौवा, तालपोखराहरु पनि बनाउँदैनन् र भएकालाई पनि संरक्षण गर्दैनन् । मानिसहरु अहिले सबै काम सरकारले नै गरिदियोस् भन्छन् र सरकारको नै मुख ताक्छन् । सार्वजनिक काम गर्न अहिलेका मानिसहरु हिचकिचाउँछन् ।
पहिलाका मानिसहरु आफुले नखाएर पनि अरुलाई खान दिने र राती आएको मानिसलाई बास दिने गर्थे । तर अहिलेका मानिसहरु कोही गरिब खान नपाएर माग्न आएमा खाना पनि दिदैँनन् र खाननसकेर बेचेको खानाहरु पनि फोहोरमा लगेर फल्ने गर्छन् , बाँसको त कुरै छोड्दिऊँ । हाम्रो नेपालमा ७७ ओटा जिल्ला छ र झन्डै ३ करोड जनसंख्या रहेको छ । तर कति जिल्लाका जनताले अहिलेपनि जिउमा एकजोर नयाँ कपडा लगाउन र एकछाक पेटभरि खाना खान पाएका छैनन् ।
उनीहरुलाई त शिक्षा र स्वास्थ्य भनेको पनि थाहा छैन । हामी मानिसहरु जहिलेपनि सरकारले केही गरेन भनेर सरकारमाथि नै सबै दोष लगाउँछौ तर हामीले चाहिँ अरुको लागि के गप्यौँ भनेर हामी कहिल्यै सोच्दैनौँ । हामीले पेटभरि खाने ठाउँमा आधा पेट खाएर वा खाइनसकेको खानाहरु खान नपाएको मानिसहरुलाई दिने हो भने त्यो मानिसको भोको पेट त भरिन्छ । तर हामी यस्तो गर्दैनौँ ।
हामी मानिसहरु नयाँ कपडा किन्छौँ र एकदुई पटक लगाउने बित्तिकै फाल्ने गछौँ तर हामीले त्यँही कपडा आर्थिक कमजोर भएका मानिसहरुलाई दिने हो भने उसले पनि त कपडा लगाउन पाउँछ । अहिले पनि कति मानिसहरुसँग चप्पल किन्ने पैसा नभएकाले खाली खुट्टा हिडेको र लगाउने कपडा नभएर च्यातिएको कपडा लगाएर हिडेको हामी देख्छौँ तर हामीले प्रयोग गर्ने यस्ता चिजहरु हामी उनीहरुलाई दिदैनौँ  । हामी मानिसमा आफ्नो खर्च कटौती गरेर अरुलाई पनि सहयोग गरौँ भन्ने भावना कहिले आएन ।
पैसा हुनेलाई जहिलेपनि दशैँ छ तर पैसा नहुने वा आर्थिक कमजोर भएका मानिसलाई एकछाक राम्रो खान वा लगाउन पनि दशैँ आउनुपर्छ । अनि यसमा राज्य तै कता छ । अहिलेका मानिसहरु आफू सुकिलामुकिला वा चिल्लो गाडी चढेर हिड्छन् , हात र घाँटीभरि नै भरिपूर्ण गरगहना लगाउँछन् तर गरिब, दुखीलाई सहयोग गर्दैनन् । यी मानिसहरुलाई दुःख भनेको नै थाहा हुदैँन, किनभन्दा यिनीहरुले कि त भ्रष्टाचार गरेर सम्पत्ति कमाएका हुन्छन् त कि सयरुपैँयाको सामानलाई ५ सयरुपैँयामा बेचेर जनता ठगेर कमाएका हुन्छन् ।
गरिब मानिसहरुको पीडा वा भोकको अर्थ यिनीहरुलाई थाहा हुदैँन । जो मानिसले एक जोर कपडा वा एक छाक खाना खान पाएको हुदैँन उसलाई नै दुःखको अर्थ थाहा हुन्छ । देशमा राजनितिक परिवर्तन त भयो तर देशमा गरिब जनताहरुको जीवनस्तरमा कहिल्यै परिवर्तन आएन । गरिब झन्झन् गरिब र धनी झन्झन् धनी बन्दै गएका छन् । हामी मानिसहरु जन्मिएपछि ढिलोचाँडो एकदिन मर्ने गछौँ ।
तर हामीले बाच्ँनुन्जेल आफ्नो लागिभन्दा अरुको लागि के गछौँ त्यो नै हाम्रो सबैभन्दा ठुलो धन हुन्छ । धर्तीमा जन्मिन त धेरै मानिस जन्मिछन् तर राष्ट्र र जनताको हितमा वा आफ्नो चासो नगरी अरुको हितमा काम गर्ने मानिस नै महान् हुन्छ । हामीले आफ्नो चासो नगरेर गरिब ,दुखी वा राष्ट्रको हितमा काम गर्ने हामीलाई मरेपछि पनि सबैले सम्झँछन् । तर अहिलेका नेता, सरकारी कर्मचारी वा व्यापारीहरु खाली भ्रष्टाचार गर्ने र कालोबजारी मात्र गर्ने गर्छन् ।
यिनीहरुले राष्ट्र र जनताको हितमा हुने काम कहिल्यै गरेनन् । हामी देख्छौँ र सुन्छौँ । साथै हामी नाङ्ग्रै धर्तीमा आउँछौँ र नाङग्रै धर्तीबाट जान्छौँ  । हामी जस्तो धर्तीमा आएका थियौँ त्यस्तै नै धर्तीबाट जाने गछौँ । तर हामीले बाँच्नुन्जेल अरुको लागि वा आफ्नो छोराछोरीका लागि भ्रष्टाचार गछौँ , कालोबजारी गछौँ र पापको भारी बोक्छौँ । पछिल्लो समय मानिसमा आफूमात्र खाऊँ, आफूमात्र लगाँऊ र आफूमात्र सोखमा बसौँ भन्ने भावना बढी भयो र  अरुलाई सहयोग गर्ने भावना कम हुदैँ गयो ।
जो मानिसले छोराछोरी जन्माउँछौ र राम्रो शिक्षादीक्षा दिएर सोखमा राख्छ , भोलि त्यँही छोराछोरीले त्यो आमाबुबालाई आश्रममा लगेर राख्छ । अनि त्यस्ता मानिसहरुले पनि जनता र राष्ट्रको हितमा काम गर्छ त । आफ्रनै आमाबुबालाई त नहेर्नेले अरुलाई के नै हेथ्यो । पछिल्लो समय मानिसले पढेर सर्टिफिकेट त लिए तर उसमा सामाजिक वा व्यवहारिक ज्ञानहरुको अभाव रहयो ।
अहिलेका मानिसहरु एक देखि तीन आना जग्गामा ६÷८ तल्ले घर बनाउँछन् र एक तल्लामा आफु बसेर अरु सबै भाडामा लगाउँछौँ तर आफ्नो घरको कुकुरलाई दिसापिसाब गराउन भने बाटोमा ल्याउने गर्छन् । साथै आफुले आफ्नो घरभित्र बनाएको फोहोर पनि बाटोमा नै फाल्छन् । आफु करोडको घरमा बस्ने र चिल्लो गाडी चढ्ने तर आफ्रनै घरअगाडीको बती बिग्रिएमा नयाँ बती नहाल्ने । सरकारले पनि आफ्नो घरअगाडीको बाटो वा आफ्नो घर वरपर रहेको मठमन्दिर, पार्टीपौवा, चौतरा, धाराहरु सबै नागरिकले नै सरसफाई गर्ने र सरंक्षण गर्ने भनेर निर्णय नगर्दा पनि यस्तो भएको हो । अब सरकारले नागरिकलाई नै जिम्मेवारी बनाउनुपर्छ । अनि मात्र देश विकास हुन्छ ।
सरकारले मात्र सबै काम गर्न सक्दैँन । सरकारले त नीतिनियम बनाउने हो र त्यसलाई कार्यान्वयन गर्न लगाउने हो । तर आफ्नो घरवरपरको बाटो, मठमन्दिर, पार्टीपौवा, धाराहरु त हामी नागरिकले पनि मिलेर सरंक्षण वा सरसफाई गर्न सक्छौँ नि त । सरकारले आर्मी पुलिसहरुलाई जनताले तिरेको करबाट तलबभत्ता वा रासन खुवाउँछ तर यस्तो सार्वजनिक काम भने केहि पनि लगाउँदैन । के जनताले तिरेको करबाट तलबभत्ता खुवाउन मात्र आर्मीपुलिस राखेको हो ।
दिनभरि आर्मीैब्यारेकभित्र खाली हात बस्नुभन्दा सार्वजनिक कामहरु गर्ने हो भने देश पनि त विकास हुन्छ । साथै शनिबार सरकारी कर्मचारीहरुले पनि अनिवार्य रुपमा सार्वजनिक कामहरु गर्नुपर्छ भनेर सरकारले नियम बनाउनुपर्छ । अहिलेका मानिसहरु सार्वजनिक काम भने नगर्ने, फुसर्द हुनेबित्तिकै फेसबुक र टिकटकमा बिजी हुने वा जुँवातास खेलेर बस्ने ।
सरकारले पनि मानिसलाई जिम्मेवार नबनाउने र घरका अभिभावकहरुले पनि छोराछोरीहरुलाई सार्वजनिक काम गर्नुपर्छ भनेर नसिकाउने हो भने अब आउने पुस्ताको हालत कस्तो होला र देश कतातिर जाला । अब नौँ रथा लाग्यो , मठमन्दिरमा पुँजाआँजा गर्न जानेको संख्या पनि बढ्छ । तर मठमन्दिरहरु न त सफा नै छ न त व्यवस्थित नै । मन्दिर हेप्यो भने मन्दिरको छाना भत्किन लागेर पानी चुहिरहेको पाइन्छ ।
साथै मन्दिरहरुमा न त पानीको नै व्यवस्था छ न त शैचालयको नै । तर यस्ता मन्दिरहरुको मर्मत वा सरसफाई गर्न त्यहाँका बासिन्दाहरुले कुनै व्यवस्था वा पहल गर्दैनन् । हामी मानिसहरु थाली लिएर मन्दिरमा पूँजा त गर्न जान्छौँ तर मन्दिर मर्मत गर्न वा व्यवस्थापन गर्न आवश्यक पर्ने रकमहरुको सहयोग गर्दैनौँ । हामी यहाँ पनि राज्यको नै मुख ताक्छौँ ।
हामी आफू बसेको घरमा घरजग्गा दुवै गरेर करोडदेखि अर्बसम्म लगानी गछौँ , घरभाडामा लगाएर महिनाको ५० हजारदेखि करोडसम्म आम्दानी गर्ने गछौँ र घरमै व्यवसाय वा व्यापार गर्ने गछौँ तर राज्यलाई कर तिर्दैनौँ । तर हामीले नै गरेको फोहोर भने राज्यले नउठाएमा सरकारलाई गाली गर्ने गछौँ ।
पहिला कर तिरे त राज्यले फोहोर उठाउँछ त । हामीहरु आफ्नो कर्तव्य तै पुरा गर्दैनौँ तर अधिकार भनेचाहिँ खोज्छौँ  । सरकार भनेको हामी जनता नै हौँ र हामीले नै मत दिएर सरकार बनेको हो तै भएर अब हामीले हाम्रो घर वरपरको बाटो वा सार्वजनिक स्थलहरु आफैँले सरसफाई गर्ने र दुखी गरिबलाई सहयोग गर्ने गर्नुपर्छ । हामीले यस्ता कामहरु गरौँ भने देश आफैँ पनि विकास भइहाल्छ नि त ।
सरकारको मुख ताकेर बस्नुभन्दा आफैँ काम गरौँ र एकअर्कोलाई सहयोग गरौँ । हामी नेपालीहरु मिलेर नै बाचौँ र मिलेर नै नेपाल बनौँ । देश नेता र सरकारी कर्मचारीले होइन , जनताले नै बनाउने हो । सरकारी कर्मचारी र नेताले त जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा लिने हो र जनताले तिरेको करमा मोजमस्ती गर्ने हो । यदि जनताले कर नतिरेमा यिनीहरुले तलबभत्ता पनि खान पाउँदैनन् र भ्रष्टाचार पनि गर्न पाउँदैनन् ।
अब हामी जनताले सरकारी कर्मचारी र नेताबाट देश विकास हुन्छ भनेर आशा नगरेपनि हुन्छ । यिनीहरु त विदेशी ऋण लिने र देश डुबाउने काममा मात्र आवद्ध रहेका छन्  । नेपालीको टाउकोमा विदेशी ऋण ७१ ह्जार पुगिसकेको छ र भोलि यो ऋण तिर्न नसकेमा नेपाल नै विदेशीले खाइदिन्छ ।
 हामी नागरिकहरु नेपाली नागरिकता खल्तीमा बोकर हिड्दैँमा र नेपाली ढाका टोपी टाउकोमा लगाएर हिड्दौमा देश बन्दैँन । त्यसकारण अब हामीले आफ्नो देश बनाउन आफ्रनै घरबाट काम सुरु गरौँ तर जनतालाई झुठो कुरा बोलेर पदमा पुगेर भ्रष्टाचार गर्छु भन्ने भावना नराखौँ । पद र पैसाको लोभ नगरौँ अनि मात्र हाम्रो नेपाली नागरिकता र टोपी हामीसँग बस्न पाउँछ । त्यसकारण समयमै हामीहरु होसियार भएर काम गर्न सिकौँ ।