नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा मतदानको काम सकिएको छ

२ ० ७ ८ मंसिर १ ४ गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

१०औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा मतदानको काम सकिएको छ ।
कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको छ । प्रतिनिधिमध्ये ३९ जनाले मतदान गरेनन् । मंगलबार बिहान ४ बजेदेखि मतदान सुरू भएको थियो ।
चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् ।
अब केही समयपछि मतगणना सुरू हुनेछ ।