उपत्यकाबाट प्रहरीले बन्द गराउन सडकमा निस्केकालाई धमाधम पक्राउ

२ ० ७ ७ माघ २ २ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं ।

काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सडकमा निस्केकालाई धमाधम पक्राउ गरेको छ ।

कलंकीबाट प्रहरीले प्रचण्ड–माधव समुहका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७७ जनालाई पक्राउ गरिएको छ ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७६ जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।