मधेश प्रदेशबाट निर्वाचित दुईजना स्वतन्त्र सांसद जसपा प्रवेश

२ ० ७ ९ माघ ८ गते, आइतबार प्रकाशित
0 प्रतिक्रिया


मधेश प्रदेशबाट निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् । जसपा प्रवेश गर्नेमा महोत्तरी जिल्लाको क्षेत्र नं २ को (ख) बाट निर्वाचित सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ (क) बाट निर्वाचित प्रमोद कुमार जैसवाल रहेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।