“घोडाघोडि सुन चाँदी कारखानामा दिनदाहाडै गोलि चल्यो

२ ० ७ ९ पुष ४ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

सुदुरपश्चिम प्रदेश अन्तर्गतको कैलाली जिल्ला अत्तरिया स्थीत “घोडाघोडि सुन चाँदी कारखाना उद्योग” का संचालक विकास सुनार माथि हिजो २०७९ पुस ३ गते दिनदाहाडै गोलि हानी चोर फरार भएको विषयमा यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
करिब साँझ ५ः३० बजेको समयमा आफ्नो पसलबाट घर फर्कने क्रममा अत्तरिया चोक पुर्ब तर्फ रहेको सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पको बिच नजिकै दुईजना अपरिचित ब्यक्ति मोटरसाईकलमा आई एक्कासि गोलि हानेको र साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेको पिडित गहना व्यवसायी सुनारले बताउनु भएको छ । व्यवसायी सुनारको हाल धनगढी स्थीत माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको पिडितका परिवारजनबाट जानकारी भएको छ ।
स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुनु सुरक्षा संयन्त्र माथि नै चुनौति खडा भएको महशुस गरिएको छ । चोरी, लुटपाट आदि घटनाहरु निरन्तर रुपमा भइरहनु र सुरक्षा संयन्त्र माथि चुनौति थपिनुले समग्र गहना व्यवसायीहरु असुरक्षित र त्रसित हुनुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको प्रति महासंघ गम्भीर चिन्ता व्यक्त गर्दछ ।
तसर्थ अनुसन्धान कार्यलाई प्रभावकारी रुपमा तीव्रताका साथ छिटो भन्दा छिटो उक्त घटनाको अपराधीहरु पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितलाई क्षति पूर्ति र न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ र सम्पूर्ण व्यवसायीहरुमा सुरक्षा संयन्त्रलाई उक्त घटना छानविन गर्न साथ र सहयोग गर्न हार्दिक अपिल गर्दछ ।