सहर व्यवस्थित बनाउन जनता आफैँ लागौँ

२ ० ७ ९ श्रावण १ ० गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

-रुषा थापा-
काठ्माडौँलगायत देशैँभरि सरकारले बाटो फराकिलो बनाएको छ । यो बाटोलाई फराकिलो बनाउन सरकारले जनताको घरजग्गा कब्जा गप्यो । तर अहिले बाटो फराकिलो बनाएपनि त्यो फराकिलो बाटोमा सवारीसाधन गुड्नुभन्दा बढी त पाकिङ्ग र फुटपार्क व्यवसाय सञ्चालनमा रहेको छ । जनताले बाटो फराकिलो बनाउनका लागि सरकारलाई आफू बस्ने घर र जग्गा छोडदिए । उनीहरुले सहरलाई व्यवस्थित बनाउनका लागि आफू बसिआएको घरजग्गा छोडे ।  
सरकारले सानो बाटोहुँदा ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम बढ्ने भनेर बाटो फराकिलो बनाएको थियो । तर सरकारले जुन उद्देश्यले बाटो फराकिलो बढाएको थियो त्यो पुरा हुन सकेको छैन । त्यो बाटोमा आज व्यापारी र ठगहरु कमाएर बसिरहेका छन् । सरकारले पनि बाटो बढाउने भनेर जनताको बासस्थान नै भत्कायो ।त्यस्तै यता जनताले कमाइ गरेर खाने जग्गा पनि बाटो बढाउने नाममा कब्जा गप्यो । के फुटपार्क व्यवसाय र सवारीसाधन राख्नका लागि सरकारले जनताको घरजग्गा कब्जा गरी बाटो बढाएको थियो ।  
आज त्यो बाटोको त्यस्तो दुगाति देख्दा जनता सरकारसँग सोध्छन् के आनाको ५० लाखदेखि ५ करोडसम्म पर्नेे  खाली जग्गा र घर  हामीले भत्काएर फुटपार्क व्यवसाय सञ्चालन गर्न दिएको हौँ । सरकारले बढाएको बाटोमा अहिले हेर्दा जताततै सवारीसाधन पाकिङ्ग गरेर पैसा पठाइरहेको पाइन्छ । त्यस्तै यता ठाउँअनुसार दुई पाङग्रे देखि चार पाङ्गे सवारीसाधनहरुको जताततै पाकिङ्ग गरिराखिएको हुन्छ ।  एक घण्टाको २० रुपैँयादेखि३०० रुपैँयासम्म पाकिङ्ग गरेबापत सवारी धनीले तिर्नुपर्छ । त्यस्तै पाकिङ्ग गरेको सवारीसाधनले तिरेको पैसा राज्यको ढुकुटीमा जार्दैन । उपत्यकाभित्रबाट मात्रै एकदिनमा सवारीसाधन पाकिङ्ग गरेबापत अरर्बौ रुपैँया जनतासँग उठाएको हुन्छ ।
त्यो पैसा राज्यको ढुकुटीमा जादैँन । त्यस्तै गरी उपत्यका बाहिर जिल्लाहरुमा पनि सवारीसाधनहरु पाकिङ्ग गरेर यसरी नै पैसा उठाएको हुन्छ । यो पैसा वडाध्यक्ष र  मेयरको मिलोमत्तोमा भ्रष्टाचार गरिएको हुन्छ । यसरी यो पैसा विभिन्न क्लब, टोली गुन्डाहरु र राजनीतिक पार्टीका कार्यकर्ताहरुले उठाउने गर्छन् । कतियौँले त नगरपालिका, वडाबाट स्वीकृत नै नलिइ यसरी पैसा उठाएर खाइरहेका छन् ।
त्यस्तै कतिले वडा र नगरपालिकालाई थोरै मात्रै राजस्व तिरेर वा वडाध्यक्ष र मेयरलाई प्रलोभनमा पारी यसरी पैसा उठाएर खाइरहेका छन् । सरकारले पाकिङ्ग गर्दा यति तिर्नुपर्छ भनेर तोकिदिएको छैन तर गुन्डाहरु आफूखुसी रेट राखेर यसरी पैसा उठाइरहेका छन् । त्यस्तै गरी फुटपार्कमा पसल राख्ने व्यापारीहरुसँग पनि यस्ताहरुले दिनहुँ १०० देखि ३०० रुपैँयासम्म उठाउने गर्दछन् ।
जनताले हिजो बाटो फराकिलो बनाउनका लागि आफ्नो निजी सम्पत्ति यत्तिकै सरकारलाई दिए । हिजो बाटोबढाउनका लागि दिएका जनता आज सुकुम्बासी भए । सरकारले जनताले तिरेको करबाट नै अहिले बाटो बढायो । तर त्यस बाटोमा सवारीसाधन गुड्नुको साटो बाटोको दाँयाबाँया हिड्नै नसक्ने गरी पाकिङ्ग र फुटपार्क व्यवसाय सञ्चालन गरिएको हुन्छ ।
त्यस्तै यता बाटोमा हिड्ने जनतालाई त्यत्तिकै सास्ती भइरहेको छ ।  सवारीसाधन चलाउने चालक र सहचालकहरुलाई पनि बाटोको दाँयाबाँया पाकिङ्ग तथा फुटपार्क व्यवसायी भएका कारण सवारी चलाउन त्यत्तिकै गाह्रो भइरहेको छ । ट्राफिक जाम पनि त्यस्तै भइरहेको छ भने दुर्घटना भएर मान्छेको ज्यान पनि उत्तिकै नै गइरहेको छ ।
यसरी सरकारी जग्गामा पाकिङ्ग गराएर ,बाटो कब्जा गरेर बाटोमा कमाइखाने काम भइरहेको छ । हिजो आफ्नो घरजग्गा बाटो बनाउनका लागि दिएका जनता सरकारसँग सोध्छन् के हामीले फुटपार्क व्यवसाय र पाकिङ्ग गर्नका लागि आफनो घरजग्गा दिएका हौँ ।  अहिले उनीहरु बाटोमा यस्तो कार्यहरु सञ्चालन भएको देख्दा हामीले सरकारलाई बेकारमै आफ्नो घरजग्गा दियौँ भन्दैँ चित्त दुखाउँछन् ।
महानगरपालिका र वडाले भने न त पाकिङ्ग र फुटपार्क व्यवसाय हटाउन नै सक्छ , कारबाही नै गर्छ र दिनहुँ  त्यस्ता व्यवसायसँग उठाएको पैसा राज्यको ढुकुटीमा नै ल्याउन सक्छ । अब महानगरपालिकाले र वडाले बाटोको वरपर सञ्चालन रहेका फुटपार्क व्यवसाय र पाकिङ्ग हटाउने काममा प्राथमिकता दिन आवश्यक रहेको छ । यदि यो फुटपार्क व्यवसाय र पाकिङ्ग नहटाउने हो भने दुर्घटनाको जोखिम बढ्छ र सहर पनि अस्तव्यस्त देखिने छ ।
यसरी जथाभावी जे पायो त्यहँी व्यवसाय सञ्चालन गर्न दिँदा सहरको सुन्दरता तथा  सौन्दर्यप्रति असर पर्ने छ र वातावरणीय प्रदूषण पनि वृद्धि हुने छ । यस्तै यता केही व्यक्ति तथा संस्थाहरुले सवारी साधन पाकिङ्ग गर्ने मानिससँग र फुटपार्क व्यवसायीसँग पैसा उठाएर यस्तो गैरकानुनी काम गरीरहेका छन्  । तर सरकार भने हात बाधेँर बसिरहेको छ ।  यसरी सरकारले जथाभावी यस्ता व्यवसायहरु सञ्चालन गर्न दिँदा यस्ता संस्था तथा मानिसहरुलाई बाटो कमाइखाने भाडा बनेको छ ।  
त्यस्तै गरी सडकको दाँयाबाँया वा जथाभावी पाकिङ्ग गरेको सवारीसाधनहरु ट्राफिकले कारबाही पनि गर्दैन । यता भने फुटपार्कमा व्यापार गर्नेहरुलाई महानगरका प्रहरीहरुले  नै कारबाही गर्छ ।  फुटपार्कमा सञ्चालन गर्न दिएको पसल तथा पाकिङ्ग गर्न दिएको सवरीसाधनहरुसँग ट्राफिक महाशाख र वडाध्यक्षहरु घुस खानेगर्छन् भन्ने जनता बुझ्रछ्न ।  सवारीसाधनधनीले आफ्नो फाइदाका लागि सवारीसाधन किन्छन् तर दुःख भने चाहिँ जनतालाई दिन्छन् । यता फुटपार्कमा व्यवसाय गर्ने व्यवसायीहरुले १०० रुपैँयाको समान ३०० रुपैँयामा बेच्छन् र आफू धनी भई जनतालाई दुःख दिन्छन् ।  यसरी फुटपार्कमा पसलहरु सञ्चालन गर्दा मानिसहरु बाटोमा हिड्ने गर्छन् र सवारीसाधनहरुको ठक्करबाट मर्नै गर्छन् ।
सरकारले यसरी फुटपार्क व्यवसाय र पाकिङ्ग नहटाउदाँ निदोर्ष जनताको अकालमै ज्यान गइरहेको छ । फुटपार्कमा व्यवसाय सञ्चालन गर्ने व्यापारी र पाकिङ्ग गर्र्ने मानिस आफू सेवा लिने अनि सर्वसाधारणको ज्यान जोखिम पार्ने गर्छन् । त्यस्तै यता अकाशे पुलमा पनि व्यापार गर्नका लागि व्यापारीहरुको लहरो बसिरहेका हुन्छन् । त्यसै त एकतिर अकाशे पुल थोरै मात्रै छ र भएका पुल पनि भत्किन लागेका छन् तर त्यहँी पुलमाथि पनि व्यापार गरेर बसेका छन् ।
त्यस्तै सडक पार गर्नका लागि बनाएको जिब्रेक्रस पनि मेटिएको छ भएका पनि निकै टाढाटाढा रहेका छन् ।  यस्तै कारणले गर्दा प्रत्येक दिन प्रतिदिन दुर्घटना बढिरहेको छ । यसरी बढिरहेको दुर्घटनालाई के कसरी नियन्त्रण गर्ने भनेर ट्राफिक महाशाखले पनि कुनै पनि कार्यक्रम सञ्चालन गरेको छैन । जनताले तिरेको करबाट तलब खाएर ट्राफिक महाशाख घाम तापेर बसिरहेको छ ।
यता वडाध्यक्ष, महानगरका मेयर, प्रहरीहरु पनि यसरी जथाभावी सञ्चालनमा रहेका फुटपार्क व्यवसाय नै हटाउन सक्छ । उनीहरु कताबाट आफ्नो घुस खाने काम बन्छ भनेर मात्र बसिरहेका छन् । बच्चादेखि बुढाबूढीहरुलाई फुटपार्कमा हिड्न गाह्रो भइरहेको छ । विदेशि पाहुनाहरु नेपाल घुम्न आँउदा यहाँको वातावरण देखेर नेपाल घुम्न रुचौदैँनन् । राम्रो र व्यवस्थित सहर बनाउनका लागि न सहरीविकास मन्त्रालयले ऐन र कानुन नै ल्याउँछ ।
यहाँ भएका घरहरु कुनै एक आनामा बनेको छ भने कुन तीन आना जग्गामा चार तल्ला निमार्ण गरिएको छ । कसैको घरअग्लो छ भने कसैको होचो नै छ । कुनैले आफ्नो घरमा रङगीचङ्गी रङ लगाएका छन् भने कुनैले केही पनि लगाएका छैनन् ।  यसरी सरकारले घर बनाउन र सहर व्यवस्थित बनाउनका लागि कुनै पनि ऐन तथा कानुन नबनाउँदा आज भएका सबै सहरदेखि गाउँ नै अस्तव्यस्त देखिएको छ ।
सहर व्यवस्थित नहुँदा एकतिर फोहोरको थुपा्रेहरु जथाभावी रहेको छ अर्कौतिर त्यँही फोहोरको दुर्गन्धले बाटोमा हिडिसक्नु छैन । त्यस्तै गरी मानिसको चाप धेरै भएकाले एक घरमा  दश जनाभन्दा पनि बढी घरपरिवारहरु  बस्छन् । अब सबै वडाध्यक्ष, मेयरले व्यापारीहरुसँग घुस नखाई फुटपार्क व्यवसाय र  पाकिङ्ग पनि हटाउने हो भनी र अब बन्ने नयाँ घरहरुलाई नक्सा पास गर्दा ५ आना भन्दा कम जग्गामा घर बनाउन नदिने ,चारतिर खुल्ला ठाउँ छोड्नुपर्ने , घरहरु एकआपसमा जोड्न नदिने , आफ्नो घरबाट निस्केका फोहोरहरु आफ्रनै घरको कम्पनभित्र राख्नुपर्ने , एकघर एक रुख रोप्नुपर्ने, घरहरु पनि बराबरको बनाउने र रङ पनि एउटै लगाउनुपर्ने जस्ता कानुन बनाएमा सहर व्यवस्थित बन्न सक्छ ।
विश्वसम्पदा सूचीमा परेका मठमन्दिरहरुका अगाडि अग्लाघरहरु सरकारले बनाउन दिनु हुदैँन । अहिले मठमन्दिरहरुको अगाडि नै होस् या पछाडि अग्लाअग्ला घरहरु बनेका छन् जसले गर्दा मन्दिरहरु ओझेलमा परेका छन् । त्यस्तै वडाध्यक्ष, मेयरहरु निर्वाचन भएर आएको पनि धेरै भइसक्यो तर काम भने केही गरेका छैनन् । उनीहरुले आफ्रनो वडा तथा नगरमा भएका पानी खाने ढुङ्गेधारा , ताल, पोखरी, पार्टीपौवा, चौतरा, कँुवा र मठमन्दिरहरुमा कुनै विकास पनि गरेका छैनन् । आफ्नो वडाभित्र भएका सरकारी जग्गा , गुठीका जग्गा मठमन्दिरको नामको जग्गा खोज्नमा पनि उनीहरु कुनै चासो देखाउदैँनन्।
वडाध्यक्ष र मेयर सरकारी गाडि चढ्ने तलबभत्ता खाने आफ्रनो मान्छेहरुलाई जागिर लगाउने र आफ्रनै मानिसहरुलाई ठेक्का दिएर कमिशन खाने काम मात्र गर्दछन्। यिनीहरु यहँी कामबाहेक अरु केही काममा चासो देखाउँदैँनन् । त्यस कारण अब सहर व्यवस्थित बनाउन जनता आफैँ तातेर आउनुपर्छ ।  अब सबै जनताहरुले काम नगर्ने वडाध्यक्ष, मेयरको विरोध गर्नुपर्छ र आफ्नो घरआगँनको सरसफाइ आफैँले गर्नुपर्छ ।  जनताले अब सरकार, वडाध्यक्ष र मेयरको खुट्टा नडोगि आफ्नो घरअगाडि र पछाडि आफैँले सरसफाई गर्न सिकेमा सहर आफैँ पनि व्यवस्थित हुने छ ।