सेयरमा लगानी नगरौँ , सचेत रहौँ

२ ० ७ ९ श्रावण १ १ गते, बुधबार प्रकाशित
0 प्रतिक्रिया

-रुषा थापा-
काठ्माडौँलगायत नेपालभरि नै नेपाली जनताहरुले सेयरमा आफनो पुँजी धेरै नै लगानी गरेका छन्  । नेपालमा करिब ५२ लाख जनताले सेयरमा लगानी गरेका छन् । यसरी सेयरमा आफ्नो पुँजी लगानी गर्ने लगानीकर्ताहरु एक दिन हास्ँछन् र एक दिन रुने गर्छन् । सेयर बढेको दिन उनीहरु खुसी भएर हास्ँछन् भनी घटेको समयमा रुने गर्छन्  । कतिपय सेयर लगानीकर्ताहरु सेयरको मूल्य घटेर डिप्रेसनमा पनि गएका छन् ।
 यसरी जनताहरु  दिनप्रतिदिन डुबिरहँदा पनि सरकारले सेयर बन्द गरेको छैन ।  जनताहरु अहिले यँही सेयरको खरिबिक्रीका कारण सडकछाप अवस्थामा पुगेका छन्  ।त्यसकारण अब सरकारले सेयरमा प्रतिबन्ध लगाउन जरुरी भइसकेको छ । सेयरदलालीहरुले आफू कमाउन र धनी हुनाका लागि एक दिन सेयरको मूल्य बढाउने र एक दिन घटाउने गर्दछन् । यसरी उनीहरु आफू कमाउने र सर्वसाधारणलाई डुबाउने काम गरिरहेका छन्  ।
पुँजी बजार २० जना सेयर दलालीको हातमा  निहित रहेको छ । तर सिधासाधी जनताहरुले बुभ्रmदै नबुझुी सेयरमा आफ्नो पुँजी लगानी गर्दा आज जनताहरु सधैँ पानीमा गएर डुब्नु जस्तो अवस्थामा पुगेका छन् । आफूसँग भएका पैसा सबै सेयर किनेर डुबाए भनी घरजग्गा, सेयर, गाडी आदि बैंक फाइन्सको नाममा धितो राखेर अहिले उनीहरु भाग्ने अवस्थामा पुगेका छन् । उनीहरु बैंकहरुलाई अब कर्जा तिर्न नसकेर भाग्नु कि मार्नु भन्ने अवस्थामा पुगेका छन् ।
सेयर लगानीकर्ताहरुको घरपरिवार भित्र अहिलेदिनहुँ जस्तो झैँझगडा हुने गर्छ । यता सेयर कै कारण कतिपय स्वास्नी र लाग्नेबिचे छोडपत्र समेत भइसकेको छ । यसरी सेयरमा लगानी गर्ने लगानीकर्ताहरु कर्जा तिर्न नसकेर भागिरहेका छन् । यसरी आमाबुबाहरु सेयरमा लगानी गरेर डुबेर भाग्दा बालबच्चाहरुको बिजोग हुने जटिल समस्या आइपरेको छ । आमाबुबाहरु भगेपछि बालबच्चाहरुको पालनपोषणा, हेरचाह , पढाइलेखाइ आदिमा ठुलो नकारात्मक प्रभाव पर्ने जस्ता समस्या अहिले देख्नमा आइरहेको छ ।
अहिले सेयरको कारणले गर्दा मानिसहरुको जीवनस्तरमा ठुलो नकारात्मक असर परिरहेको छ । यसले गर्दा ठुलामानिसहरुको त बिजोग भयोभयो सानो बालबच्चाहरुको पनि बिजोग हुने अवस्था आइसकेको छ । सेयर दलालीहरुले अशिक्षित , सिधासाधी जनताहरुलाई सेयरमा लगानी गर्दा धेरै नाफा हुने र छिटो नै पुँजीपति बन्ने जस्ता प्रलोभन देखाइ सेयरमा लगानी गर्न लगाए । आज त्यहँी सेयरका कारण उनीहरु करोडपति नभइ सडकपति पनि हुन नसक्ने अवस्थामा पुगेका छन् । एक कित्ता १०० रुपैँयामा बेचेका बैंक , फाइन्स तथा वित्तिय संस्थाहरुले बैंक तथा कम्पनीहरुको सेयर हेरेर दलालीहरुले १००० देखि ४००० सम्ममा बेचे । यसरी यति धेरै पैसा हालेर सेयर किन्ने मानिसहरु अहिले डुब्बेर पुँजीपति नभई सडकछाप हुनमा पुगेका छन् ।
त्यति महंगोमा किनेको सेयर अहिले १०० रुपैँयामा बेच्छु भन्दा पनि बिक्री हुने गर्दैन । अहिले सेयर,घरजग्गा,गाडी आदि धितो राखेर कर्जा दिने बैंक तथा वित्तिय संस्थाहरु पनि डुबिसकेका छन् । यि वस्तुहरुको अहिले केहि पनि भाउ छैन जसले गर्दा यि वस्तुहरु अहिले गुन्द्रकको भाउमा पनि बिक्री हुन गाह्रो भइसकेको छ ।
अहिले बैंक तथा वित्तिय संस्थाहरु घाटामा गयो वा डुब्ने अवस्थामा पुग्यो भनेर बैंक तथा वित्तिय संस्थाहरुले आफैँ बताइरहेका छन् । यसरी यो कुरा जनतासमक्ष पुग्दा जनताहरुले अहिले वित्तिय संस्थाहरुमा आफ्नो पुँजी बचत गर्न पनि छोडिसकेका छन् । त्यस्तै गरी सहकारीहरुले पनि अहिले ५००० हजार रुपैँया फिर्ता दिन सक्दैँन र बैंकले १ लाखको चेक साट्दैँन भनेर मानिसहरुको गुनासो सुन्नमा आइसकेको छ ।
यी वित्तिय संस्थाहरुले अब कर्जा दिएर सेवाशुल्क लिने र कर्जा दिएर बढी नाफा कमाउने दिन गइसकेको छ । किनभने अब जनताहरुले यी वित्तिय संस्थाहरु डुब्ने छन् र हामीले हाम्रो पुँजी यी संस्थाहरुमा राखौँ भनी हामी पनि डुब्ने छौँ भनेर यी संस्थाहरुमा विश्वास गर्न छोडिसकेका छन् ।
यता हिजो सेयर दलाली, घरजग्गा दलाली र गाडी दलालीहरुले सिधासाधी जनताहरुलाई फसाए । १०० रुपैँया कित्ताको सेयर ४००० हजार रुपैँयामा बेचे । सरकारले ठाउँअनुसार  निर्धारण गरेको एक आना जग्गाको १ लाख रुपैँया हो तर जग्गा दलालीहरुले त्यँही जग्गा जनतालाई ४० लाखमा घुमाएर  बच्ने गरे ।सरकारलाई भनीे जगााको नामसरी गर्दा १ लाखको मात्र राजस्व दिने गर्छन् ।
त्यस्तै गरी सवारीसाधनहरु फलामबाट बनेका हुन्छन् त्यो चाहेँ निजी प्लेटको नै होस् या भाडाका गाडी नै होस् । गाडी बेच्ने अटो स्वरुमहरुले १० रुपैँयामा बिक्री नहुने फलामलाई रङ लगाएर गाडी बनाएर प्रत्येक किलो लाख रुपैँयामा बेच्ने गर्छन् । यस्ता दलालीहरुले गर्दा नै आज देशको अर्थतन्त्र धरायसीमा पुगेको छ । देश अब केहि समयपछि श्रीलंकाभन्दा पनि नाजुक हुने छ ।
नेपालमा अबको केहि समयपछि खाघान्नको संकट सुरु हुने छ । अब नेपाली जनताको भोकभोकै मर्ने दिन सुरु हुन लागिसकेको छ । नेपालको सबै खेतीयोेग्य जमिनहरु घर र बाटो बनाएर नै सक्किसक्यो । त्यस्तै गरी हाम्रो घरको चुलोमा पाक्ने सबै खानेकुराहरु विदेशबाट नै आयात हुने गर्छ । नेपालीको निर्यातभन्दा बढी आयात भएकाले व्यापार घाटा पनि आजभोलि भन्दा नै चुर्लुम्ब भइसकेको छ ।
बैंक, फाइन्स तथा सहकारीहरुले महंगो ब्याज तथा सेवाशुल्क लिनका लागि घुस खाएर सेयर,घरजग्गा र गाडी धितोमा राखेर कर्जा दिए तर आज भनी यस्तो नराम्रो सँग यी संस्थाहरु  डुब्ने अवस्थामा पुगिसकेका छन् । यसरी यस्ता वित्तिय संस्थाहरु त डुबेडुबे अहिले कर्जा खाने मानिसहरु पनि डुबेर हाँस्नु कि मर्नु अवस्थामा पुगेका छन् । आज बैंक , फाइन्स तथा सहकारीहरु डुब्यो भनेर मानिसहरु आफनो पैसा निकाल्न संस्थामा लाइन लागेर बसिरहेका छन् ।
अहिले दैनिक ५ ओटा सहकारीहरु भाग्छन् भनेर सुन्नमा आइरहेको छ । सहकारीहरु यसरी भाग्दा सहकारीमा आफनो जीवनभरको कमाइ राख्ने मानिसको रुवाबासी भइरहेको छ । नागरिकहरुले अहिले यी वित्तिय संस्थाहरुमा पैसा डिपोजिट गर्न छोडिसकेका छन् अहिले नागरिकहरु आफनो पैसा निकाल्न मात्र तातेर बसिरहेका छन् ।
नेपालमा अहिले यस्तो आर्थिक संकट हुँदा पनि सेयरमा लगानी गर्ने दलालीहरुले सेयरको मूल्य फेरि पनि बढ्छ भनेर जनतालाई अहिले पनि फसाइरहेका छन् । अब मानिसहरुसँग पैसा छैन, बैंक तथा वित्तिय संस्थाहरुले  कर्जा दिदैँन भनी कसरी सेयरको मूल्य फेरि पनि बढ्छ । अहिले सेयर खरिदबिक्री  गर्ने भनेर हिडेका र गफ गरेर बसेका मानिसहरु यत्तिकै भेटिन्छन् ।
अब घरजग्गा, गाडी र सेयरको मूल्य १० देखि १५ वर्षसम्म बढ्दैन भनेर भनेको अर्थविद् तथा विज्ञहरुले भनेको सुनिन्छ । यी वस्तुहरुको मूल्य अहिले  भन्दा पनि झन् घट्ने अवस्थामा रहेको छ।  अबको १ देखि २ वर्ष सम्मको अवधिमा धेरै बैंक तथा वित्तिय संस्थाहरु पनि डुबेर भाग्ने छन् ।  अहिले नै कतिपय बैंक तथा वित्तिय संस्थाहरु भागिसकेका छन् । यी संस्थाहरुले आफ्नो कर्मचारीहरुलाई तलब दिन नसकेर वा कार्यालयको भाडा तिर्न नसकेर धमाधम आफनो शाख बन्द गर्न सुरु गरिसकेका छन् ।
बैंक , फाइन्सबाट धितो राखेर कर्जा लिएका मानिसहरु किस्ता तिर्न नसकेर धितो छोड्दै धमाधम भाग्न सुरु गरिरहेका छन् । हिजो धितोको मूल्य बढेको अवस्थामा धितोको भ्यालसिन गरेर ५० प्रतिशत देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गरे तर आज त्यहीँ धितोको भ्यालसिन गर्दा ति वस्तुहरुको मूल्य निकै घटेको छ । यता धितो लिलाम गरेर बिक्री गर्दा बैंक, फाइन्सहरुले लगानी गरेको साँवा र ब्याज उठ्दैँन ।
त्यस्तै अर्कोतिर लोन लिएका मानिसले किस्ता तिर्न सकेका छैनन् भनी यता सेयर, घरजग्गा तथा गाडी पनि खरिदबिक्री हुदैँन । अहिले बैंक फाइन्सहरुलाई भाग्नु कि बस्नु भइरहेको छ । बैंक, फाइनसहरुले धितो लिलाम गरेर धेरै सर्वसाधारण जनतालाई डुबाएर सुकुम्बासी बनाइदिए । तर अहिले भनी यिनीहरु आफैँ भाग्नुपर्ने दिन आइसकेको छ  । बुढाबूढीहरुले भन्थे धैर्य गरेर बस्यो भनी तल्लतिर बगेको खोला पनि फर्किेन्छ । तर अहिले बैंक फाइन्सहरु कुन दिन भाग्छ र कहिले भाग्छ भन्नेको केहि ठेगान छैन ।
अहिले हरेक नागरिकहरुको मनमा बैंक तथा वित्तिय संसथाहरु डुब्यो र यिनीहरु अब भाग्छन् भन्ने कुराको छाप बसिसकेको छ । बैंकहरुले अहिले नागरिकलाई १४ देखि १५ प्रतिशत सम्म ब्याज दिन्छु भन्दा पनि जनता आफनो पैसा राख्दैनन् । त्यस्तै गरी सहकारीहरुले १८ देखि २० प्रतिशत ब्याज दिन्छु भन्दा पनि जनता पैसा राख्न डराउँछन् । जनताहरु यदि हामीले ब्याजको प्रलोभनमा परी आफनो पैसा राखौँ भनी हामीले हाम्रो साँवा पनि फिर्ता पाउदैँनौँ भनेर डराउँछन् । यस्तो अवस्थामा पनि सेयरको वा घरजग्गाहरुको मूल्य बढ्छ भनेर यी वस्तुहरु किन्नु भनेको आफैँले आफूलाई डुबाउनु हो ।
अर्काको कुरामा आएर आफूले जीवनभर दुःखले कमाएको धन यस्तो समयमा यस्ता वस्तुहरुमा लगानी गर्नु भनेको डुब्नु हो त्यसकारण दलालीहरुको कुरामा आएर सेयर तथा घरजग्गा किन्नुबाट आफैँ सचेत रहौँ । नेपालमा अझैँ पनि आर्थिक संकट र तरलता आउँछ भन्ने कुरा अर्थविद्हरुबाट सुन्नमा आइरहेको छ ।