निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने आयोगको निर्णय

२ ० ७ ९ मंसिर २ ६ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७९/०४/१९ को निर्णयानुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४  को दफा ६ को उपदफा (१) बमोजिम संवत् २०७९ साल मङ्सिर महिनाको ४ गते आइतबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको सन्दर्भमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७९/०६/१२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता संवत् २०७९ साल मङ्सिर  २६  गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको छ ।

 प्रस्तुत निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ ।