मंसिर २२ मा बिहे गर्दै नायिका श्वेता खड्का

२ ० ७ ७ मंसिर १ ८ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौं । केहि समयदेखि धनगढीका विजयेन्द्र सिंहसंग प्रेम सम्बन्धमा रहेकी नायिका श्वेता खड्काले अन्ततः मंसिर २२ गते विवाह गर्ने भएकी छन् ।

गोकर्ण फरेष्ट रिसोर्टमा हुने बिहेका लागि नजिकका आफन्त र साथीभाइलाई निम्तो कार्ड समेत वाँडिएको छ ।

धनगढी घर भएका विजयेन्द्र सिंह रावत चितवनमा आधुनिक झ्यालढोकाहरु निर्माण गर्ने भगत मेटलका संचालन गर्दै आइरहेका छन् ।

गत दशैंको दिनमा नायिका खड्का विजयेन्द्रको परिवारसंग लगाउन चितवन आएकी थिइन् । त्यसपछि विजयेन्द्र र श्वेताको फोटो सार्वजनिक भएको थियो ।

श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि साउन २५ गते भारतमा उपचारका क्रममा पति श्रीकृष्णको निधन भएको थियो ।

‘कहाँ भेटिएला’बाट डेब्यु गरेकी श्वेताले पछिल्लो समय श्वेता कान्छी निर्माण गरिन् । भने केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।