नेताहरु कहिले सुध्रिने होलान् ?

२ ० ७ ९ ज्येठ २ गते, सोमबार प्रकाशित
0 प्रतिक्रिया

    -उमेश थापा-
पछिल्लो समय बढ्दो इन्धनको मूल्यले सर्वसाधारणको ढाड सेकेको छ । नेपाल आयल निगमले महिनैपिच्छे इन्धनको मूल्य बढाउने गरेको छ । बढेको इन्धनको मूल्यपछि जनताको भान्सा मँहगो हुने निश्चित देखिएको छ । पेट्रोल र डिजेलको मूल्य बढ्नेबित्तिकै यातायात व्यवसायी सार्वजनिक सवारी साधनको भाडा बढाउन दबाब दिन्छन् ।
नेपालीको पेट भर्ने खाद्यान्न सबै बाहिरबाट आउछ । ढुवानी भाडा नै मँहगो भएपछि सामानको मूल्य बढ्नु स्वाभाविकै हो । तर, कामदारहरुको तलब बढ्दैन् । तलब बढाउन भन्यो भने बेरोजगारी भएर बस्नुपर्ने बाध्यता छ । नेपाल सरकारले हरेक कामदारको न्युनतम तलब १५ हजार तोकेको छ ।
विडम्बना, कामदारहरु महिनाभर पाँचदेखि सात हजारमा काम गरिरहेका छन् । कुनै निजी संस्था, पसल र घरेलु कामदारहरु यति जाबो पैसामा महिनाभर खटिरहेका छन् । रोजगारी नपाउने भएपछि उनीहरु जति नै दबाब दिएपनि चुपचाप काम गर्न बाध्य भएका छन् । उनीहरुको पक्षमा रहेर बोलिदिने सरकार पनि छैन् ।
हरेक व्यक्तिको आवश्यकता भने गाँस, वास र कपास हो । अझ कपास त थोत्रा लगाएपनि हुन्छ तर नखाईकन बाँच्न सकिदैन् । तर, कम तलबको कारण उनीहरु भोको बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बढ्दो सामानको मूल्यले उनीहरु मारमा परेका छन् । अहिले अन्तराष्ट्रिय स्तरमा नै पेट्रोल डिजेलको मुल्य बढेको छ ।
जसको प्रभाव नेपालमा पनि परेको छ । सरकारले पेट्रोल–डिजेलबाट चल्ने सवारी साधन नेपालमा भित्राउन दियो । सवारी साधन चलाउन नसक्ने स्थितिमा आइपुगेको छ  । छिमेकी मुलुकबाट खरिद गरेको फलामले नेपालीलाई रुवाउने भयो । फलामलाई गाडी बनाएर भारतले खर्बौ रुपैंया लगिसक्यो ।
एउटा गाडी किन्यो भने म को को न हु भन्ने सोचाइ नेपालीमा छ । जसले गर्दा सवारी साधन किन्ने होडबाजी चल्यो । २० रुपैंया किलो नबिक्ने फलामलाई लाखौंमा बेचे । हामी नेपालीले फलामसमेत छुट्याउन सकेनौ । करोडौंमा किनको गाडी कबाडीमा बेच्ने हो भने दश हजारमा पनि बिक्दैन् ।
हाम्रो देशमा इन्धनको खानी छैन् । अर्काको देशको भर परेर सवारी खरिद गरियो । पेट्रोल, डिजेल, ग्याँस, हवाइइन्धन, मटितेल आयल निगमले किनेकै मूल्यमा बिक्री गप्यो भने  ग्याँसको २५०० तिर्नुपर्छ । इन्धनको २०० र हवाइइन्धनको मुल्य पनि दोब्बर पर्छ । कि सरकारले व्यापार घाटा राज्यको ढुकुटीबाट बेहोरिरहनुपप्यो ।
मुलुकको अर्थतन्त्र इन्धन खरिद गर्दागदै सिद्धिसक्यो ।  आयल निगम घाटा गएर टाट पल्टिसकेको छ । घाटा सहन नसकेर निगमले हात उठाइसकेको छ । सञ्चित कोष खाली भएर आयल निगम सरकारको सामु हात फैलाउछ । इन्धन किनेको पैसा चुक्ता गर्ने सकेको छैन् ।
ऋणको खोजीको हिँडिरहेको आयल निगम । राजनीतिक दल वा विद्यार्थी संङगठनहरु नेपाल आयल निगमले गरेको मुल्यवृद्धिको विरोधमा सडकमा आउँछन् । तर, हुने केही होइन् । सरकारी गाडि तोडफोड गर्छन र मिडियामा अनुहार देखाउँछन् त्यति नै हो । विपक्षमा बसेका राजनीतिक दल कताबाट तिर हान्दा निशाना लाग्छ भनेर दाउ हेरेर बसेको छ ।
विद्यार्थी संङगठनहरु त कहाँबाट पैसा आउँछ भनेर चोखो दाउ थाप्ने सङगठन हो । संङगठनबाट आन्दोलन गरेर नेता भएकाहरु शेर बहादुर देउवा , गगन कुमार थापा, राम कुमारी झाक्रीँ, बाल कृष्ण खाँण र अन्य नेताहरुको सम्पत्ति खोजतलास गर्ने हो भने कति निस्किन्छ कति ।
अहिले यिनै सत्तामा छन्, सम्पत्ति कसले छानबिन गर्ने ? जनताको नारा लगाउने देश र जनताको लागि राजनितिक गरेको हो भन्ने पदमा पुग्ने भ्रष्टाचार गर्ने । यस्ता फट्टा नेताहरुलाई युवा नेता भन्न मिल्छ । शहरी विकाशमन्त्री राम कुमारी झाक्रीले एउटा सिन्को भाचेकी छैनन् ।
कहाँबाट कमिशन आउँछ भनेर कमिशनको खोजीमा हिँडिरहेको छिन् । गगनकुमार थापा स्वास्थ्यमन्त्री हुँदा जनताको काम गरेनन् बरु कमिशन खाने बाटो ढुकेर हिडे ।  प्रधानमन्त्री शेर बहादुर देउवो देशको पाँच पटक प्रधानमन्त्री हुँदा पनि देशको अवस्था उस्तै छ । युवा संघको अध्यक्ष हुँदा महेश बस्नेतले कि युवालाई जागिर दिनुपर्छ कि बेरोजगार युवालाई भत्ता दिनुपर्छ भनेर नारा लगाए ।
०७० सालको निर्वाचनमा केपी ओलीले बस्नेतलाई टिकट दिए तर जनताले भोट दिएनन् । चुनाव हारे पनि केपी ओली महेश बस्नेतलाई उद्योगमन्त्री बनाइदिए । उद्योगमन्त्री हुदा इटा्भटटा र क्रसर उघोगबाट ठुलो आर्थिक चलखेल गरे । गोकुल बाँस्कोटाले ७० करोडको बार्गेनिङ गरेको कुरा नि जनताहरुले सुनिसकेका छन् ।
यस्ता नेताहरुका पछाडि लाग्नु र भोट दिएर सक्तामा पुप्याउनु भनेको देशको विकाश होइन विनाश हुनु हो । यिनिहरुले न त भ्रष्टाचार गर्न छोड्छन् न त महँगी नै नियन्त्रण गर्न सक्छन् । यिनिहरु जनताकै लागि साप बनेका छन् । गगन र के पी जहिल्ये उखानटुक्का गर्ने र जनतालाई आश्वासन दिइराख्ने ।
सत्तामा पुगेर जनताले तिरेको कर झवाम्म पारिरहने । केपी भारतको र गगन अमेरिकाको दलाली हो भन्ने सबैले बुझिसकेका छन् । अब आउने सांसद्ीय चुनावमा केपीले दुईचोटि संसद् विघटन गरेको कारण हराइदिन्छन् । गगन ले एमसिसी सदनबाट पारित गर्न ज्यान फालेको र परित गरेको सबैलाई स्मरण नै छ ।
त्यसको असर अब आउने चुनावमा देखापर्छ । महेश र गगनको पृष्ठभुमि केलाउने हो भने यिनीहरु गुण्डा पेशाबाट आएको हुन् । व्यापारीलाई थन्काएर आफ्नो मानो भर्ने चुनाव लड्ने । बजेट आफनो क्षेत्रका धेरै हाल्न लगाउने अनि ठेकेदारहरुसँग कमिशन खाने । यिनीहरु जनता र राष्ट्रभन्दा पनि कमाउनका लागि राजनीतिमा आएको बुझिन्छ ।   
यिनीहरुको यत्रो सम्पत्ति कहाँबाट आयो ? अख्तियार र सम्पत्ति सुद्दिकरण विभागले छानबिन गर्नुपर्छ । मिडियाले पनि यिनै दुई नेतालाई ठाउँ दिएको छ । तर, एउटा दुर्गम जिल्लाबाट जनताको मत लिएर जितेर आएको संसद्ले उसको पार्टिमा पनि पहुँच हुँदैन, भ्रष्टाचार गर्ने ठाउँमा पनि पुग्न पनि सक्दैन अनि मिडियाहरुले उसलाई चिन्दा पनि चिन्दैन ।
पार्टि अध्यक्ष र सभापतिको अगाडि र पिछाडि हिड्ने व्यक्तिहरु मात्र मन्त्री हुन्छन् । चाहे त्यो व्यक्ति चुनाव हारेको होस् वा चुनाव नै नलडेको होस् । एउटै मानिस दोराईदोराइ मन्त्री हुन्छन् । जनताको मन जितेर आएको सांसद् चाहि एक चोटि पनि मन्त्री बन्न पाउँदैन । कति जिल्लाका जनताले भोट हालेर संसद् जिताएर पठाए तर पार्टिले भने मन्त्री बनाएन ।
पार्टिमा पहुँच हुनेले मन्त्री पद पाएको पाए गर्ने र पहुँच नहुनेले कहिले पनि नपाउने । मन्त्री हुनको लागी पार्टिको अध्यक्ष र सभापतिलाई मोटो रकम बुझाउनुपर्छ । पार्टिलाई ठुलो रकम बुझाउन नसक्नेले मन्त्री बन्नबाट वञ्चित हुन्छन् । राजाको पालामा दुई जना दलितको छोरा गोपाल दलित र गाल्छो सार्किलाई मन्त्री बनाइएको थियो ।
०६२–०६३ साल पछाडि केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा र मधेशी पार्टिहरुले जहिले पनि पटकपटक एउटैलाई मात्र मन्त्री बनाउछन् । चित्रबहादुर केसी कहिले पनि जनताको पक्षमा बोल्छु भने तर मन्त्री पाएपछि लुसुक्क गए । नारायणमान विजुक्छे जहिले पनि जनताको लागी काम गर्ने । तर, राजनितिक दलले मन्त्री खानुस् भन्दा पनि कहिले पनि मन्त्री पद नखाने । नेताहरु देश विदेश घुम्ने जाने अनि हाम्रो नाम बेच्ने ।