यातायातको सेवा बिहान साढे ७ देखि नै सुरु, आधा घन्टामा काम फत्ते:- यातायात व्यवस्था कार्यालय ठुलो भर्‍याङ

२ ० ७ ९ बैशाख ८ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

 यातायात व्यवस्था कार्यालय ठुलो भर्‍याङ काठमाडौं मा बिहीबार साढे ७ बजे नै कर्मचारीहरु पुगिसकेका थिए।
कर्मचारी मात्रै पुगेका थिएनन्। सेवाग्राहीको पनि बाक्लै उपस्थिती थियो। सवारी लाइसेन्सको परीक्षाको भिजिट डेट परेका, दर्ता, नवीकरण, प्रिन्ट भएको लाइसेन्स लिन, राजश्व तिर्न, विदेश जानका लागि अनुमति लिने लगायतका सेवा ग्राहीहरु पुगेका थिए।

बिहीबार मात्रै होइन करिब एक महिनादेखि यो कार्यालयले साढे सात बजेदेखि नै सेवा दिइरहेको छ।

बिहान सेवा सुरु गर्नुका दुईवटा कारण छन्। एउटा बिहान काम छिटो हुन्छ। सर्भर राम्ररी चल्छ, यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र ठुलो भर्याङ का निमित्त कार्यालय प्रमुख  संजय थापाले भने, यातायात कार्यालयमा कुनै काम परे दिनभरिको माया मारेर जानुपर्ने अवस्था थियो। अफिस जानेहरुले पनि बिहान यहाँको काम सकेर दिउँसो अफिस जान पाउने भए।

उनका अनुसार दिउँसो सर्भरले धेरै लोड हुने गरेका कारण कामै गर्दैन। ुफोटो खिच्यो, सेभ नै हुँदैन, सर्भर डाउन भइरहन्छ। बिहान त्यस्तो समस्या हुँदैन, थापाले भने, बिहान एकैछिनमा काम हुन्छ।

थापाले ब्याक लग सकेर सेवाग्राहीहरुलाई सहज सेवा दिन बिहानैदेखि सेवा दिन सुरु गरिएको बताए। २०२४ जुलाइसम्मका लागि आवेदन दिएका सबैको ट्रायल वैशाख २५ मै सक्ने गरी काम भैरहेको छ, उनले भने, त्यति मात्र होइन,अहिले हामीले आवेदन दिएर ट्रायल दिन चाहनेहरुका लागि समय अघि तानिदिने गरेका छौं। अनलाइन फारम भरेकाहरु जो कोही पनि आएर सेवा लिन सक्छन्।

कार्यालयले सूचना नै निकालेर २०७८ फागुनसम्म फारम भरेका सेवाग्राहीहरुलाई वैशाख २५ गते कार्यालय भिजिट गरिसक्न अनुरोध गरेको छ।