प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

२ ० ७ ७ भदौ ४ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया

४ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८० जना थपिएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो ।

२४ घण्टाभित्र पर्सामा ५२ जना कोरोना संक्रमित देखिएका छन् । धनुषामा २९, सिराहामा २५, सर्लाहीमा २४, महोत्तरीमा १८, बारामा ७, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।