।।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेश ।।

२ ० ७ ७ मंसिर १ ४ गते, आइतबार प्रकाशित
0 प्रतिक्रिया

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेश गरेका छन् ।

मंसिर ३ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्तावको जवाफको रूपमा आज ओलीले ५३ बुँदे प्रस्ताव पेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।