युनिलिभर नेपालको ३१ औं साधारण सभा सम्पन्न

२ ० ८ १ कार्तिक २ ७ गते, मंगलबार प्रकाशित
0 प्रतिक्रिया

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कात्तिक १२ गते सम्पन्न भएको हो ।  

सभामा गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ।  

यस्तै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण सहितको २०८१ असार मसान्तसम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ ।  

सभामा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको थियो ।