अञ्जु पन्त र थीर कोइराला निकट भविष्यमा एक हुने तयारी

२ ० ७ ७ माघ २ ३ गते, शुक्रबार प्रकाशित
0 प्रतिक्रिया

यतिबेला गायिका अञ्जु पन्त निकै चर्चित छिन् । कारण हो उनको विवाह  । पछिल्ला केही समयदेखि आफूले दिने गरेका प्रत्येक अन्तर्वार्तामा छोरीले विवाह गर्नका लागि दबाब दिइरहेको बताउँदै आएको थिइन् । यसका साथै, उनले कोसँग र कहिले विवाह गर्ने भन्नेबारे भने  टुङ्गो नभएको पनि बताउने गर्थिन् । तर पछिल्लो समय विभिन्न सञ्चार माध्यममा उनको र थीर कोइरालाको विवाह हुने खबर सार्वजनिक भएपछि भने अब उनीहरुले यसबारे मुख खोल्न थालेका छन् । अञ्जुका केही गीतका रचनाकारसमेत रहेका थीर कोइरालाले यसबारे आफ्नो फेसबुक अकाउन्टमा जानकारी दिएका छन् । बिहिबार अञ्जुसँगका दुईवटा तस्बिर सार्वजनिक गर्दै उनले आफूहरु पछिल्लो केही समयदेखि प्रेम सम्बन्धमा रहेको र निकट भविष्यमा एक हुने तयारी गरिरहेको बताएका छन् ।